कपिलवस्तु । कपिलवस्तुमा रहेका १५ अबैधानिक क्रेसरहरुलाई बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै प्रशासन कार्यालयलाई मापदन्ड बिपरितका अबैधानिक क्रसर उद्योग बन्द गर्न परिपत्र गरे पछि जिल्लाका १५ क्रेसर उद्योग बन्द गरिएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए ।
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको ११ वटा, बिजयनगर गाउपालिकाको २ वटा र बुद्धभुमी नगरपालिका र कृष्णनगर नगरपालिका स्थित एउटा एउटा क्रेसर उद्योग बन्द गराइएका हुन । ३३ मध्ये १५ वटा बन्द गराइएका छन भने बाकी १८ वटा पहिले देखि नै बन्द अवस्थमा रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)