Thursday, April 22, 2021
Home Breaking News रकम झिक्न बैंकमा घुइँचो

रकम झिक्न बैंकमा घुइँचो

,

भक्तपुर । कोभिड—१९ को संक्रमणबाट जोगिन सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिए पनि भक्तपुरका सबै बैंकमा आइतबार सर्वसाधारणको अत्यधिक भीड लागेको छ ।

राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायक शाखामा आइतबार बिहान ९ बजेदेखि सर्वसाधारणको भीड लागेको थियो । ११ बजेसम्म कार्यालयभित्रको लाइन बढेर बाहिर सूर्यविनायकको सडकसम्म पुगेको थियो । दसैंमा पनि यति भीड नहुने यो बैंकमा कोरोना भाइरसका कारण बैंक बन्द हुने हल्लाले पैसा झिक्न एकैपटक आउँदा बैंकमा भीड बढेको बैंकका एक कर्मचारीले जानकारी दिए ।

बैंकका कर्मचारी कुमाले खत्रीका अनुसार सरकारले २५ जनाभन्दा बढी भीड नगर्नु भनेको अवस्थामा भित्र २५ जनालाई मात्रै प्रवेश गराउँदा बाहिर भीड बढेको हो । ‘हाम्रा सुरक्षा गार्डले मात्रै स्थिति सम्हाल्न नसकेपछि प्रहरीको मद्दत लिनुप¥यो, आजदेखि पेन्सन वितरण पनि सुरु भयो’, उनले भने, ‘पेन्सन झिक्न आउने र कोरोनाको हल्लाले पैसा झिक्न आउने आजै आउँदा बैंकमा भीड जम्मा भएको हो ।’

बैंकभित्र भने २५ जनाभन्दा बढीलाई प्रवेश नदिएको बताउँदै उनले बाहिरको भीड कर्मचारीले रोक्न नसक्ने जनाए । बैंकको लाइनमा बस्नेहरू टाँसिएर बसेको र मास्कसमेत नलगाएका कारण कोरोनाको जोखिम बढेको उल्लेख गर्दै लाइनमा पैसा झिक्न आएकी सूर्यविनायक–८ सिपाडोलकी रमिला श्रेष्ठले बैंकमा दुई–तीन वटा काउन्टरको व्यवस्था गरेर छिटोछरितो सेवा दिने व्यवस्था गर्नुपर्ने बताए ।

सूर्यविनायककै प्रभु बैंकमा ११ बजेदेखि पैसा झिक्न आउनेको लाइन बढेको थियो । लाइन पाण्डुबजार अगाडिसम्म पुगेको थियो । बैंकका सुरक्षा गार्डले भित्र २५ जनाभन्दा बढी नपठाएका कारण लाइन धेरै बढेको बताइएको छ ।

भक्तपुरका नेपाल बैंक, एनआईसी एसिया, सानिमा, माछापुच्छे्र«, मेघालगायत बैंकमा रकम झिक्नेको भीड लागेको थियो । प्रभु बैंकमा पैसा झिक्न लाइन बस्नेहरूमध्ये मध्यपुरथिमिका रमेश श्रेष्ठले कुनै पनि बेला ‘लक डाउन’ हुने डर, खाद्यान्न जोहो गर्नुपर्ने र आकस्मिक अवस्थामा चलाउनुपर्ने भएकाले रकम झिक्न लागेको बताए ।

कोरोना भाइरसका कारण सरकारले उपत्यकालाई लक डाउन गर्न सक्ने र बैंकहरू बन्द हुन सक्ने भएकाले घरमै पैसाको जोहो गरेर राख्नका लागि रकम झिक्न जानेहरू एकैपटक आएकाले बैंकमा भीड भएको बैंकका कर्मचारीको भनाइ छ । बैंकमा आउनेहरू अधिकांशले कोरोनाको जोखिमका कारण बैंक पनि बन्द होला र सरकारले बाहिर निस्कन नदिएला भन्ने डरले घरमा केही पैसा जोहो गरेर राख्ने भन्दै आएको उनीहरू बताएका छन् ।

(Visited 332 times, 1 visits today)
Loading comments...

आजको समाचार

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

साताका लोकप्रिय समाचार

सामाजिक समावेशीकरण: आवश्यकता र महत्व

नेपालमा जाति, आदिवासी र जनजातिको उत्पत्ति र विकासका दृष्टिले ठूलो अन्तर नभएका कारण मौलिकताका आधारमा यिनीहरूलाई अलगअलग गर्न कठिनाइ पर्दछ । तापनि, यिनीहरूको समानता...

अदालतका फैसला कार्यान्वयन गर

अदालतले गरेका हजारौं फैसला कार्यान्वयन हुन सकिरहेका छैनन् । अदालतले फैसला गर्दै जाने तर त्यसको कार्यान्वयन सशक्त रूपमा हुन नसक्ने प्रवृत्ति बढेर गएको छ,...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

नेदरल्यान्ड्ससँग नेपाल स्तब्ध

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्डले...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

ट्रेन्डिङ

वाग्मती प्रदेश सरकारको बजेट ५१ अर्ब ४२ करोड

हेटौंडा । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभामा सोमबार...

कर्मचारीमा कोरोना देखिएपछि दैलेख प्रशासनको सार्वजनिक सेवा बन्द

दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखबाट प्रवाह गरिने सार्वजनिक सेवा गएको शनिबारदेखि बन्द गरिएको छ । प्रशासनका कर्मचारीहरुमा कोरोना भाईरस (कोभिड –१९) पुष्टि भएपछि...

रेडपान्डा संरक्षणका लागि ७ सय रोपनीमा वृक्षरोपण

इलाम । विश्वमै लोपुन्मूख रहेको रेडपान्डा (हाब्रे) संरक्षणका लागि इलामको सन्दकपुर गाउँपालिका पाँचस्थित जौवारीमा वृक्षरोपण सुरु गरिएको छ । रेडपान्डा आवतजावत गर्ने जैविकमार्ग संरक्षण...

तनहुँमा ७२ जुवाडे पक्राउ

तनहुँ । तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख...

उदयपुरमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

उदयपुर । उदयपुरमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु सबै त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा रहेका १३ जना कोरोना...

भारतको नयाँ दिल्ली विधानसभाको मतदान जारी

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा विधानसभाका लागि शनिबार मतदान भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म जारी...

अन्ततः फुटतर्फ नेकपा

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष...

कोरोना प्रभावित देशमा नेपाली कामदार नपठाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै...

कोरोनाको जोखिम कम नहुँदै सप्तरीमा थपियो बाढीको जोखिम

सप्तरी, राजविराज । कोरोनाको जोखीम कम नहुँदै सप्तरीमा बाढीको जोखिम थपिएको छ । दुई दिनदेखी परेको निरन्तर वर्षाले सप्तकोशीको बाढी पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी...

सुन प्रकरणमा काठमाडौं प्रहरी परिसर विवादमा

काठमाडौं । राजधानीको कमलादीमा भेटिएको नक्कली सुन र सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति बनाएको छ...

सात गाउँमा बखुं मन्त जात्रा

प्राचीनकालमा स्वयम्भू महाचैत्यसामुन्ने एकजना ऋषिले यज्ञ गरिरहेको समय त्यहाँका सबै परेवा नैकाप वैष्णवी पीठसँगै रहेको रुखमा बस्न गएछन् । एकैचोटी यति धेरै परेवा रुखमा बस्न...

कोरोना संक्रमण नियन्त्रणमा सरकारको प्रयास असफल : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रण प्रयाशमा असफल भएको बताएका छन् । मंगलवार संघिय संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)