यति एअर दुर्घटना : २२ जनाको पोखरामै पोस्टमार्टम

पोखरा । पोखरामा आइतबार भएको यती एअर दुर्घटनामा थप एक जनाको शव भेटिएको छ । सेती खोंच दुर्घटनास्थलभन्दा करिब ७ सय मिटर तल पानीमा एक महिलाको शव भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि पोखराको रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । तर शवको पहिचानमा कठिनाइ भएकोले बुधबार काठमाडौं नै पठाउनुपर्ने हुन सक्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीले बताए । शव फेला पर्न नसकेका २ जनाको मंगलबार बिहानैदेखि दुर्घटनास्थल ’round गोताखोर र ४ ड्रोन प्रयोग गरी खोजी गरिएकोमा साँझमात्र फेला परेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

थप एकको शव फेला


काठमाडौंदेखि पोखराका लागि उडेको यती एअरको एटिआर–७२ विमान आइतबार बिहान सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु सवार रहेकोमा सबैको मृत्यु भएको थियो । त्यसमध्ये २२ जनाको पोखरामै पोस्टमार्टम गरी परिवारका सदस्यलाई बुझाइएको छ । बाँकी ४८ जनाको शव हेलिकोप्टरमार्फत मंगलबार नै काठमाडौं पठाइयो । काठमाडौं पठाइएकामा पहिचान हुन नसकेका, चालक दलका सदस्य तथा विदेशी नागरिक छन् ।

पोखरामै परिवारका सदस्य तथा आफन्तद्वारा पहिचान भइ सनाखत हुन सकेका शवको पोस्टमार्टम गरिएको हो । विमान दुर्घटनाका यात्रुको आइकाओको नियमअनुसार बिमा तथा पोस्टमार्टम रिपोर्ट आवश्यक पर्ने भएकोले २ दिनसम्म ढिलाइ हुन गएको थियो । बिमाको निम्ति ८० पृष्ठसम्मको फाराम भर्नुपरेको मृतकका आफन्तले बताए ।

पोखरामै पोस्टमार्टम गरिएकाहरुमा पोखरा १३ का सदाकल अली मियाँ, पोखरा ११ का त्रिभुवन पौडेल, पर्वतको कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल, उनकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेल, रुपन्देहीको तिलोत्तमा ४ का डा. गणेश थापा, पोखरा ११ का २७ वर्षीय निशान्त आचार्य, पोखरा २६ का पूर्णबहादुर गुरुङ, पोखरा १७ की ४३ वर्षीय जीवनकला गुरुङ, पोखरा १० का पूजन राना, पोखरा ७ की एसमिन गुरुङ छन् ।

यस्तै, बागलुङको बडिगार्ड ३ की लोकगायिका नीरा छन्त्याल, पर्वतको मोदी १ का ३९ वर्षीय विजयकुमार गुरुङ, पोखरा ८ का शिवकुमार गुरुङ, पोखरा २२ का रक्की गुरुङ, पोखरा १९ का लक्ष्मी पौडेल, बागलुङको गलकोट २ की २१ वर्षीया बन्दना सुनार, पोखरा १७ की संगीता शाही, पोखरा ९ नागढुंगाका ५३ वर्षीय शालिकराम आचार्य, कावासोती ६ का ३५ वर्षीय मोहनप्रसाद श्रेष्ठ, पोखरा ८ बगालेटोलकी २३ वर्षीया अनुषा गुरुङ, पोखरा १० की ओममाया गुरुङ, कास्कीको माछापुच्छ«े २ की ४३ वर्षीया सीता गुरुङको पनि पोखरामै मंगलबार पोस्टमार्टम गरी परिवारका सदस्यलाई बुझाइएको छ ।

पोस्टमार्टमका लागि काठमाडौंबाट फरेन्सिक विशेषज्ञको २ सदस्यीय टोली यहाँ आएको थियो । काठमाडौंको त्रिवि शिक्षण अस्पतालका डा. गोपाल चौधरी र डा. समारिका दाहालसहित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका २, मणिपाल शिक्षण अस्पतालका दुई, गण्डकी मेडिकल कलेजका एक जना गरी सात सदस्यीय टोलीले पोस्टमार्टम गरेको प्रतिष्ठाका निर्देशक प्राडा खत्रीले बताए ।

विमान दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । त्यसका लागि मन्त्रिपरिषद् बैठकले विमान दुर्घटना’bout अनुसन्धान गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

त्यसो त मृतकका परिवार तथा आफन्तले २ दिनदेखि शव बुझ्न नपाउँदा उनीहरुलाई चोटमाथि बज्रचोट परेको थियो । शव बुझेका परिवारका सदस्य तथा तिनका आफन्तले आ–आफ्नो परम्पराअनुसार अन्त्येष्टी गरेका छन् । जसका कारण कास्कीसहित छिमेकी जिल्लाहरु स्याङ्जा, पर्वत लगायतका नदी घाटहरुमा अन्त्येष्टीको दृश्यले कहालीलाग्दो बनेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
आयोगद्वारा मुख्यमन्त्री भट्टलाई २४ घन्टे स्पष्टीकरण