जसपा संसदीय दलको बैठक आज पनि बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बुधबार पनि बस्ने भएको छ । हिजाे मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो ।  संसदीय दलको बैठक आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
 

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री गुरुङ युएई प्रस्थान