काठमाडौं । केही वर्ष यताबाट नेपाली चलचित्र महोत्सब बिदेशमा हुने क्रम बढेको छ । यसै क्रममा नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा प्रवर्धन गर्ने उदेश्यका साथ बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ । आयोजक सँस्था ‘थर्ड आइ’ले ८ दिनसम्म यो फेस्टिबल आयोजना गर्ने जानकारी गराएको छ । फेस्टिभल आगमी १८ फेब्रअरीदेखि २५ फेब्रअरीसम्म गरिने भएको छ ।
थर्ड आइका निर्देशक विकास देवकोटाका अनुसार फेस्टिभलमा एक दर्जन भन्दा बढी नेपाली चलचित्र प्रदर्शन गरिने भएको छ । निर्देशक विकासका अनुसार महोत्सबमा ‘जीवन काँडा कि फूल’, ‘प्रकाश’, ‘झिंगेदाउ’, ‘प्रेम गीत ३’ जस्ता मुलधारका नेपाली चलचित्र छनौट भएका छन् । लगायत फिल्म फेस्टिभलका लागि छनोट भइसकेका छन् । सिनेमा हलमा रिलिज भएका तर सामाजिक सञ्जाल (युट्युव)मा नआएका नेपाली चलचित्र प्रदर्शन गरिने भएको छ ।
नेपालीमा के–कस्ता फिल्म बनिरहेका छन् भन्ने ’boutमा त्यहाँ रहेका नेपाली तथा बिदेशी दर्शकलाई जानकारी होस भनेर यो महोत्सब गर्न लागिएको पनि देवकोटाले बताएका छन् । यो महोत्सबले नेपाली चलचित्रको बजार बिस्तारमा सघाउने पनि उनको कथन छ ।
यो महोत्सबका लागि नेपालबाट विभिन्न कलाकार त्यहाँ सहभागी हुने पनि देवकोटाले बताएका छन् । उनका अनुसार फेस्टिबलमा नेपालबाट चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मा, दिपासा बिसीलगायत रहेका छन् ।