नेवारका विभिन्न चाडपर्वमध्ये रमाइलो र ठूलो चाड हो पाहाँचः-हे । नेवार जातिको विशेष संस्कृति भएको पाहाँचः-हे चाडले पाहुनालाई ठूलो स्थान दिइन्छ । पाहुनालाई पनि देवतालाई जस्तै मान्ने नेवार संस्कारअनुसार पाहाँचः-हे चाडमा आफन्त र साथीभाइलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ । बिल्कुल प्राकृतिक वातावरण, खाद्य सामग्री र रहनसहनसँग सम्बन्ध रहेको र जीवनमा व्यावहारिक अस्तित्व समायोजन गर्ने चाड पनि हो पाहाँचः-हे । नेपाल भाषामा पाहुनालाई पाहाँ भनिन्छ भने चतुर्दशीलाई चः¥हे भनिन्छ । यो पाहाँचः¥हे चाड चैत्रकृष्ण चतुर्दशीमा पर्छ ।
चैत्रकृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म पाहाँचः¥हे विभिन्न किसिमले मनाइन्छ । हिन्दू र बौद्ध नेवारले अत्यन्तै श्रद्धापूर्वक मान्ने पाहाँचः-हेका दिन काठमाडौंका विभिन्न टोलमा रहेका गणेश, भैरव, भगवती र विशेष गरी अष्टमातृका देवीको पूजा गर्ने र खट जात्रा गर्ने गरिन्छ । विभिन्न टोलमा रहेका विभिन्न देवतालाई कुखुरा, हाँस, बोका, राँगा बली दिएर चाड मनाउने चलन छ । नक्साल भगवती, तख्ति अजिमा, लुँचुभूलु अजिमा, न्हाय्कंतला अजिमा, कंग अजिमा, न्यतमरु अजिमा, वँटु र टेबहाःका लुँमधि अजिमा, थाय्मदु चारढुंगेका नरसिंहको खट जात्रा गरिन्छ । यसरी विभिन्न टोलमा विभिन्न देवताहरूको जात्रा गर्दा बाजा बजाउँदै, गीत गाउँदै देवताका खट बोकेर घुमाउने गरिन्छ । नेवारी परम्पराअनुसार आफन्त तथा साथीभाइ बोलाएर खुवाउनुपर्छ । पाहुना बोलाएर भोज खुवाउने भएरै यो चाडलाई पाहाँचः¥हे भनिएको हो । देवताको पालादेखि चल्दै आएको यो चलन नेवारी संस्कृति हो ।
देउपाटनका बछला माजु (भूवनेश्वरी)लाई अष्टमातृकाका आमा भनी मान्ने गरिन्छ । त्यसैले पाहाँचः¥हेको सात दिनअघि चैत्रकृष्ण अष्टमीका दिन बछलामाजुले आफ्ना चेलीबेटी छोरीलाई बोलाउन जाने भनी देउपाटनदेखि झ्याली बाजा बजाउँदै काठमाडौंमा ‘दुरुं च्याँच्याँ’ बोलको बाजा बजाइन्छ । यसको अर्थ च्यान्हु अर्थात् आठ दिन भनेको हो भनिन्छ । झ्यालीको बोल नै ‘दुरु च्याँच्याँ’ भएकाले यो जात्राको नाम नै दुरुं च्याँच्याँ हुन गएको हो । छोरीलाई भोज भन्न जाने क्रममा पशुपतिको सानो शिवलिंग र बछलामाजु भूवनेश्वरीको प्रतीक भएको खट जात्रा गर्दै देउपाटनको लगंलाछी टोल, पाचुला टोल, सिफः, मालिगाउँ, नक्साल, नागपोखरी, हात्तीसार र जमल हुँदै असन, जनबहाल, वंघः, हनुमानध्वाखा, मरु, चिकंमुगः, लगं, टेकुदोभान भई पचली आजुद्यःलाई पिंचा राख्न जाने भनी पाल्चामा दियो बाली ल्याउने गरिन्छ । त्यहाँ पूजा गरेर बलि दिने गरिन्छ । त्यहाँबाट फर्किंदा लगन, ब्रम्ह टोलः, जोशीदेवल, चिकंमुगल, मरु, यटखा, न्यत, त्यंगः, कमलाछि, जमल, कमलपोखरी, बानेश्वर, हाकुताँ (कालोपुल), सिफल जयबागेश्वरी र पाचुला भई देउपाटनबाट पशुपतिमा पु¥याइन्छ । सितला अष्टमी पनि भनिने दिन हुने यो दुरुं च्याँच्याँ जात्रालाई पाहाँचः¥हे आउन एकहप्ता मात्र छ भनी सूचना दिइने जात्राको रूपमा पनि लिइन्छ ।
प्राकृतिक वातावरण, खाद्य सामग्री र रहनसहनसँग सम्बन्ध रहेको र जीवनमा व्यावहारिक अस्तित्व समायोजन गर्ने चाड हो पाहाँचः-हे
राजा गुणकामदेवले कलिगत सम्वत् ३८२५ मा काठमाडौं देशको निर्माण गर्ने क्रममा देशको रक्षा गर्ने उद्देश्यले अष्टमातृका पीठ जगाई काठमाडौं देशको चारैतिर लुमधी अजिमा (भद्रकाली), कंग अजिमा (कंकेश्वरी), म्हय्पि अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तख्ती अजिमा (नीलबाराही), न्यतमरु अजिमा(नरदेवी), बछला अजिमा (भूवनेश्वरी) र लुँति अजिमा (इन्द्रायणी) स्थापना गरेर खट जात्रा चलाएका हुन् । पाहाँचः¥हेको समयमा अष्टमातृका अजिमाको खट जात्रा चलाएर राजा गुणकामदेवले नेवारी संस्कृतिको उल्लेखनीय कार्य गरेका हुन् ।
नेवारले पाहाँचः¥का दिन आआफ्नो क्षेत्रमा टोलैपिच्छ लुकुमाद्यःलाई पूजा गर्छन् । लुकुमाद्यः भनी फोहोर भएको स्थानमा लुकी बसेको महादेवलाई सफा गरी पूजा गरिन्छ । पाहाँचः¥हेका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । पिशाचको रूपमा लुकेर बसेका महादेवको शिवलिंगलाई विशेष गरी लसुन, अदुवा, मासु र भटमाससहित समयबजी चढाउने चलन छ । समयबजीसँगै लुकुमाद्यःलाई जाँड, रक्सी पनि चढाउने गरिन्छ । लुकुमाद्यःलाई सुनको फूल र चाँदीको फूल पनि चढाइन्छ । यसरी फूल चलाउँदा दियो बालेर माकःसि (गाजल थाप्ने माटोको भाँडा)मा गाजल थापिन्छ । यो गाजल लगाएमा वर्षभरि आँखा दुख्दैन भनिन्छ ।
महादेवलाई पनि शनिले छुने अर्थात् साढे साती शनि लाग्ने समय आएछ रे, अनि महादेव कहाँ लकुंकहाँ लुकुं भएर फोहोर फालिराखेको साःगालमा लुक्न गएका रहेछन् । साढे सात वर्ष पुगेपछि पिशाच चतुर्दशी अर्थात् पाहाँचःहेका दिन शनि महादेव लुकिराखेको स्थानमा टुप्लुक्क आइपुगेछ, अनि महादेवलाई भनेछ– “मैले त देखि हाले नि †” महादेवले शनिसँग सोध्यो– ‘त्यसो हो भने खोइ त तिमीले मलाई छुन सकेको ?’ शनिले पनि भनेछ– ‘मैले त हजुरलाई उही समयमा छोइसकेको थिएँ, जुन समयमा हजुर यहाँ लुक्न आउनुभएको थियो ।’ त्यसैका लागि नेवारले लुकुमाःद्यः भनी पूजा गर्दै आइरहेको हो भनिन्छ ।
पाहाँचः¥हेका दिन राति टेबहालको लुँमधि अजिमा, वँटु अजिमाको खट टुँडिखेलमा ल्याइन्छ । त्यसपछि कंग अजिमाको खट पनि ल्याइन्छ । टुँडिखेलमा देवता जुधाउने भनी टेबहाल र वँटु अजिमाको खटमा बसेका मानिसहरूले हातमा बलिरहेको मसाल साटफेर गरी तीनपटक खट घुमाएर फर्काइन्छ । पहिला पहिला यी तीनै देवताका खट देउपाटनमा बछला माजु र पशुपति मन्दिरसम्म पनि लाने चलन थियो । त्यस्तै, नक्साल भगवतीको खट पनि पशुपति र बछला माजु स्थानमा लाने चलन थियो । पाहाँचः¥हेको तेस्रो दिन अर्थात् प्रतिपदाका दिन असनमा देवता जुधाइन्छ ।
उक्त दिन टेबहाल र वँटु अजिमाको खट असन दोबाटोमा ल्याइन्छ । कंगः अजिमाको खट पनि जुधाउन असनमा ल्याइन्छ । टेबहा, खलकले पहेँलो, वँटु खलकले निलो, कंग अजिमाको खलकले रातो टोपी लगाई आउँछन् । देवताका खट बोकेर ल्याइ जात्रा गरी आआफ्ना छोरी चेलीबेटीको घरआँगनमा गई पूजा थाप्न जाने चलन रहिआएको छ । लुँमधि अजिमा, कंग अजिमा र वँटु अजिमाको खट जात्रा गरी असनमा देवता जुधाउने भनी तीन दिदीबहिनीका खटमा बसेका मानिसले आफूसँग भएका मसाल साटफेर गरेर तीनपटक खट घुमाएर दिदीबहिनी भेटघाट गराइने हो । त्यतिबेला असनका घरका झ्यालबाट फूलअक्षता, टीका, अबिर, साथै ल्वंचामरी र मिठाइ छरेर देवतालाई सत्कार गरी दलुचामा दियो बाल्छन् । असनमा यसरी देवता जुधाई जात्रा गरिन्छ भने न्यतःमरु अजिमा, तख्ती अजिमा, मैती अजिमा, नक्साल भगवती, म्हय्पि अजिमा, न्हाय्कंतला अजिमा, नरसिंह आजुको जात्रा आआफ्ना क्षेत्रमा गरिन्छ ।
अजिमाका दिदीबहिनीमध्ये लुँतिमरु अजिमा (इन्द्रायणी)को जात्रा भने बालाचः¥हे (सत्बिज छर्ने)को दिन गरिन्छ । लुँतिमरु अजिमा दिदीबहिनीमध्ये गरिब र १२ जना बच्चा भएकाले अत्यन्तै कठिन अवस्थामा भएकाले सबैले हेला गर्ने गर्थे । पाहाँचः¥हेमा माइतीमा भोज खान जाँदा धनी र सम्पन्न दिदीबहिनीले बस पनि नभनी ज्यादै हेला गरेपछि भोज नखाई बच्चा साथै लिई फर्किरहेको बेलामा बाटोमा भेटिएको एउटा फर्सी उसिनेर खुवाउन घरमा लैजाँदा बच्चा थकाइले निदाइहाले । भोलिपल्ट त्यो फर्सी सुनको फर्सी भएपछि उनी धनी भइन् ।
त्यसैबेलादेखि लँुति अजिमा (इन्द्रायणी)को जात्रा बालाचः¥हेको दिन गरिन्छ । पाहाँच¥हेको भोलिपल्ट टोलैपिच्छे बालबालिकालाई ‘मरःजा’ खुवाउने गरिन्छ । यसै दिन टुँडिखेलेमा घौडा दौडाएर घोडेजात्रा मान्ने गरिन्छ । जस्तै बाधाव्यवधान आएपनि सहन सक्नुपर्छ, धैर्य राख्नुपर्छ, हामीले कहिल्यै पनि घमण्ड गर्नु हुँदैन । त्यस्तै लुँती अजिमालाई गरिब भनी माइतीमा दिदीबहिनीले हेला गरेजस्तै हामीले पनि कसैलाई पनि हेला गर्नुहुँदैन भन्ने ज्ञान लिन सक्नुपर्छ ।