काठमाडौं । आज उपसभामुख पदको निर्वाचन हुँदैछ । उपसभामुखमा दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठवन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद इन्दिरा रानामगर र विपक्षी दलहरुको तर्फबाट नेपाली कांग्रेसबाट सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराएका हुन् ।
रानामगरको प्रस्तावकमा उनकै दलका सांसद सोविता गौतम रहेका छन् भने समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन छन् ।
यादवको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहेका छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)