पूर्व प्रधानमन्त्री केपी ओलीले गरे गायिका पूर्णिमा लामालाइ सम्मान

काठमाडाैं । कलिलो उमेरमै सयौँ कालजयी गीत गाएकी गायिका पुर्णिमा लामा पूर्वप्रधानमन्त्री केपी ओलीबाट सम्मानित भएकी छिन् । उनको योगदानको उच्च मुल्याङकन गर्दै शनिवार सम्पत्र चौथो एपिक नेपाल म्युजिक अवार्ड पूर्व प्रधानमन्त्री ओलीले लामालाइ सम्मान गरेका थिए ।

पूर्व प्रधानमन्त्री ओलीले नगद तेत्तीस हजार तीन सय तेत्तीस रूपैयाँसहित एपिक संगीत रत्न सम्मान पत्र प्रदान गरे । साेही समाराेहमा राजेश हमाललाई नगद १ लाख १ हजार १ सय ११ रुपँया सहित महानायक सम्मान,लोकगायक चन्द्र शर्मालाई ५१ हजार १ सय ५१ रुपँया सहित मेडल र ताम्रपत्र सहितको लोकदोहोरी रजत युवा प्रतिभा पुरस्कार, नगद २५ हजार राशीको चलचित्र पत्रकार सम्मान चलचित्र पत्रकार प्रकाश सुवेदीलाई, बरिष्ठ हाँस्य कलाकार सविन शाक्यलाई नेवा सम्मान द्धारा सम्मान गरिएको थियो ।

गायिका लामाले कलिलो उमेरमै झन्डै चार पाँच सयको हारा हारीमा गीत गाइसकेकी छिन् । उनका मुटु जली खरानी भो, फुल भनौ जिन्दगीलाई, आगो, तिमीलाई जती माया लगायत दर्जनौ गीतहरु नेपाली गीत संगीत क्षेत्रमा सफल गीतहरु हुन । कलिलो उमेरमै आफुलाई नेपाली गीत संगीत क्षेत्रमा एक दरिलो खम्बाको रुपमा स्थापित गराउन सफल गायिका लामालाइ देश बिदेशमा आयोजित सांगीतिक कार्यक्रम हरुमा समेत भ्याई नभ्याई छिन ।

कर्यक्रमकै शिलसिलामा हङकङ, कोरिया, दुबाई, मलेसिया, पुगेर स्वदेश फर्किसकेका छिन । उनले देश बिदेशका बिभिन्न संघ संस्थाबाट दर्जनौ पटक सम्मान पाएकी छिन् । पाँचौँ राष्ट्रिय राप्ति म्युजिक अवार्ड २०७३ सर्वोत्कृष्ठ नवगायिकाकाे अवार्ड पाएकी उनले पहिलो नेपाल म्युजिक अवार्ड २०७५ सर्वोत्कृष्ठ नवगायिकाकाे अवार्ड पाएकी छिन् । ११ औँ बिन्दबासिनी म्युजिक अवार्ड २०७७ मा सर्वोत्कृष्ठ गायिका सुगम संगितकाे अवार्ड पाएकी छिन् । नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८मा सर्वोत्कृष्ठ गायिका सुगम संगित) लगायत दर्जनौ अवार्डहरु हात पारेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
चन्द्रकोट –१ मा गठबन्धनको प्यानल नै विजयी