‘स्पट फिक्सिङ’मा १० जनाको संलग्नता अनुसन्धान गर्दै सीआईबी

काठमाडौं । नेपाल टी–२० लिग स्पट फिक्सिङमा १० जना संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘स्पट फिक्सिङ भएको’ भन्दै नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुन्धान गर्दै आइरहेको छ । सीआईबीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रारम्भिक अनुसन्धानले ‘स्पट फिक्सिङ’मा ४ नेपाली र ६ विदेशी गरी १० जनाको संलग्नता देखाएकोे हो ।

गत ९ देखि २७ पुससम्म काठमाडौंमा सम्पन्न ‘नेपाल टी–२० लिग’मा ‘स्पट फिक्सिङ’ आरोप लागेका पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोली सदस्य आदिल अन्सारीलाई भने सीआईबीले सोमबार नै पक्राउ गरिसकेको छ । अन्यको भने सीआईबीले खोजी गरिरहेको छ ।

नेपाल टी–२० लिगमा ५६ नेपाली र ३४ विदेशी खेलाडी सहभागी थिए । त्यसमध्ये चार नेपाली र ६ विदेशी ‘स्पट फिक्सिङ’मा संलग्न देखिएको सीआईबी अनुसन्धानले देखाएको हो ।

‘स्पट फिक्सिङ’मा संलग्नमध्ये चार नेपाली र एक विदेशी खेलाडी रहेको सीआईबीले भनेको छ । ६ विदेशीमध्ये एक खेलाडी तथा ४ व्यवस्थापक र एक बाहिरी व्यक्ति संलग्न रहेका पाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को रणनीति साझेदार सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अहुवालियाको योजनाअनुसार ‘स्पट फिक्सिङ’मा सहयोग गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सीआईबी अधिकृतका अनुसार आलमले जतिनलाई अन्य खेलाडीसँग पनि सम्पर्क गर्न सहयोग गरेको खुलेको हो ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ‘स्पट फिक्सिङ’’bout सुरुमा आशंका गरेका थिए । उनले खेल जारी रहेकै समय फिक्सिङका लागि आफ्ना खेलाडीलाई ‘अफर’ आएको खुलासा गरेका थिए । सो खुलासाप्रति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘एन्टी करप्सन युनिट’लाई समेत जानकारी गराइएको थियो ।

त्यसपछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि ‘स्पट फिक्सिङ’ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य हाल्दै जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ आरोप अन्तर्राष्टियस्तरमै पुगेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले घटना’bout अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका थिए । उनले लिगमा भइरहेको भनिएको बेटिङ, सम्भावित फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडी खेलाएको’bout अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए ।

त्यसपछि सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो ।

९ पुसदेखि सुरु प्रतियोगिता सुरुवातदेखि नै बेटिङ र फिक्सिङको चर्चा सुरु भएको थियो । प्रतियोगितामा देखिएका अस्वाभाविक नतिजा र केही खेलाडीको अस्वाभाविक प्रदर्शनबाटै फिक्सिङका हल्ला सुरु भएका थिए ।

एउटा खेलाडीले एउटा खेलमा स्पट फिक्सिङ गरेबापत १० लाखसम्म रकम लिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गठबन्धन चाहिँदैन भन्दै पोखरामा काँग्रेसको नाराबाजी