काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति निर्वाचन’bout छलफल भएको छ ।
सत्तारूढ सातदलीय गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष प्रचण्ड प्रधानमन्त्री, एमालेले राष्ट्रपति र सभामुख पाउने सहमति भएको थियो । उपराष्ट्रपति माआवादी केन्द्र र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने सहमति भएको थियो ।
सत्तारूढ दलबीच भएको सहमतिनुसार प्रधानमन्त्री, सभामुख, उपसभामुख निर्वाचन भइसकेको छ । पूर्वसहमतिनुसार एमालेले राष्ट्रपति पाउनेछ । माओवादी केन्द्रले पाउने उपराष्ट्रपतिमा सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले समेत दाबी गर्दै आएको छ ।
जसपा यी प्रमुख पाँच पदमध्ये एक नपाएको अवस्थामा सरकारमै सहभागी नहुने अडानमा छ । उपराष्ट्रपतिमा दाबी गर्दै आएको जसपा अध्यक्ष उपेन्द्र यादवले यसबीच प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीस“ग भेटेर जानकारी गराइसकेका छन् ।
प्रधानमन्त्री सचिवालयका अनुसार अगामी राष्ट्रपति, उपराष्ट्रपतिका साथै सरकारलाई समर्थन गरेर पनि बाहिरै रहेका दलको मागका साथै समसामयिक राजनीतिक अवस्था’bout दुई नेताबीच छलफल भएको छ ।
सत्तारूढ दलबीच भएको पूर्वसहमतिविपरित पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति उम्मेदवार’bout आफूलाई विश्वासको मत दिने सत्तारूढ एमालेसहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोसपालगायत नेतास“ग राष्ट्रिय सहमति गर्ने विषयमा छलफल गरेका थिए ।
राष्ट्रपति उम्मेदवार’bout प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति खोज्नु र विपक्षी दलस“ग समेत छलफल गर्नुले एमाले झस्किएको छ ।
त्यस्तै, एमालेबाहेकका कम्युनिस्ट पार्टीले पार्टी एकता तथा मोर्चाबन्दी विषयमा छलफल थालेपछि एमाले रुष्ट छ ।
अध्यक्ष ओलीले माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि भइरहेको वार्ता’boutसमेत प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवस“ग चासो राखेका छन् ।
राष्ट्रपति निर्वाचनअघि यी पार्टीबीच ‘एकीकरण वा मोर्चा बन्दी भए राष्ट्रपति एमालेले नपाउने हो की ?’ भन्ने चिन्तासमेत ओलीमा बढेको स्रोतको दाबी छ ।
त्यस्तै, अढाई वर्षपछि आलोपालोअनुसार प्रधानमन्त्री हुने सहमतिसमेत टुट्नसक्ने हुनाले ओली यी पार्टीबीच ‘एकीकरण वा मोर्चाबन्दी नहोस्’ भन्ने पक्षमा छन् ।
एमालेबाटै विभाजन भएर गठन भएको एकीकृत समाजवादीस“ग पार्टी एकता भएको खण्डमा सो पार्टी अध्यक्ष माधवकुमार नेपालले सहमति कार्यान्वयन हुन दिनेछैनन् ।