विद्याकी देवी सरस्वती

हिन्दू धर्म र संस्कृतिनुसार हामी बर्सेनि अनेकौं देवी देवताको पूजाआजा वन्दना गर्दै उत्सव पर्वहरू मनाउने गछौं । ती अनेकौं पर्व उत्सवहरूमध्ये माघ शुक्लपञ्चमीको दिनलाई श्रीपञ्चमी पर्वका रूपमा मनाउँदै हामी वाणीकी देवी सरस्वतीलाई विशेष रूपले पूजा–अर्चना गछौं । यसरी परम्परागत रूपमा हामीले मनाउँदै आएको यस पर्व हामी हाम्रो देश रहिआएकाले नेपाल अधिराज्यभरि विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रमसहित ज्यादै उल्लासमय वातावरणमा मनाइने परम्परा रहिआएको छ । यसर्थ, सरस्वतीको आराधना विद्या आर्जनका निमित्त गरिन्छ । फलतः विद्या आर्जनबाट नै विनय, पात्रता योग्यता धन, धर्म, सुख र आनन्द पाइने आध्यात्मिक नीतिमा बताइएको छ । यसरी विद्याकी देवी सरस्वतीलाई जनबोलीमा विद्या शब्दको पर्यायवाची रूपमा लिने गरिन्छ ।

आजसम्म मानव जातिले हासिल गरेका सकारात्मक उपलब्धिहरू सरस्वतीको आराधनाबाट प्राप्त विद्याको सही सदुपयोग र अध्ययनका परिणामहरू हुन् । जुन वेद उपनिषद्, इतिहास, भूगोल, खगोल आदिका ज्ञाता जसलाई हामी विभित्र उपाधिहरू जस्तैः गुरू, जगतगुरू, स्वामी, शंकराचार्य, ऋषि, महर्षि आदिको नामले पुकार्छौं ती सबै विद्याकी खानी सरस्वतीको उपासक भएर नै समाजमा प्रतिष्ठित र आदरणीय भएका हुन् । यसै भएर नै विद्याको महत्व र महिमालाई ‘विद्या धनं सर्व धनं प्रधानम्’ भनेर दर्शाइएको हो ।

यसै दिनदेखि वसन्त ऋतुको आगमन पनि हुने भएकाले माघ शुक्लपञ्चमीलाई मुख्य रूपले दुई अलग–अलग उत्सवका रूपमा मनाइने गरिन्छ । एक वसन्त ऋतुको आगमनको उपलक्ष्यमा र अर्को विद्याकी देवी सरस्वतीको आराधना गरिने सरस्वती जयन्तीका रूपमा । वसन्त पञ्चमीदेखि जाडो क्रमशः कम हुँदै जाने र बोट बिरूवामा नयाँ पालुवा पलाउने साथै दिन लामो र रात छोटो हुँदै जाने विश्वास जनमानसमा छ । यसका साथसाथै वसन्त पञ्चमीकै दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने परम्परा रहेको छ । अतः प्राचीन ग्रन्थहरू महाभारत आदिले पनि सरस्वतीको पूजा गर्ने कुराको उल्लेख गरेका छन् ।

वसन्त ऋतुको आगमन तथा विद्याकी देवी सरस्वतीको आराधना गरिने सरस्वती जयन्तीका रूपमा श्रीपञ्चमी मनाइन्छ

सरस्वती ब्रह्माकी छोरी हुन् तर स्वयं ब्रह्माले पनि सरस्वतीको स्मृति गरेको कुरा पनि ग्रन्थहरूमा उल्लेख छ । सरस्वतीको रूप र प्रकृतिका ’boutमा ग्रन्थहरूमा वर्णन गरिएनुसार, सेतो कमलासनमा विराजमान भएकी, सेता वस्त्र धारण गरेकी, चार हात भएकी, दाहिने हातमा अक्षमाला र बायाँ हातमा बीणा धारण गरेकी र हाँसमा चढेकी सरस्वतीको प्रतीकस्वरूप पुस्तक, कमल, वीणा, आदिको पूजा गर्नाले ज्ञान र कलामा पारंगत हुन सकिन्छ भन्ने जनविश्वास छ । ब्रह्माण्डका सृष्टिकर्ता ब्रह्माकी सन्तान सरस्वतीलाई कालान्तरमा गायत्री, सावित्रीसँगै सम्बोधन गरेर शक्तिस्वरूपमा दर्शाइयो । मत्स्यपुराणमा हाँसमा बसेका, चारमुख, चारहात भएका ब्रह्माको दायाँ—बायाँ सावित्री र सरस्वतीको उल्लेख छ ।

वैदिक समयमा ब्रह्माको शक्तिका रूपमा वर्णन गरिएकी सरस्वती पौराणिक समयमा पालनकर्ता विष्णुको शक्तिका रूपमा स्थापित हुनपुगिन् । सरस्वतीका विविध रूपको स्थापना र पूजन’bout रूपमण्डन र देवतामूर्ति प्रकरणमा वर्णन छ । देवतामूर्ति प्रकरणमा सूत्रधार मण्डनले द्वादश सरस्वतीको मूर्ति विधानको उल्लेख गरेका छन् । महाविद्या, महावाणी, भारती, सरस्वती, आर्या, ब्राह्मी, महाधेनु, वेदगर्मा, ईश्वरी, महालक्ष्मी, महाकाली र महासरस्वतीको उल्लेख देवतामूर्ति प्रकरणमा छ । शारदा सरस्वतीको पाँच भेदमा वाणी सरस्वती, बागिश्वरी सरस्वती, वाचा सरस्वती, वाक्प्रदा सरस्वती, पारिजात सरस्वती पर्छन् । यसैगी, ब्राह्मी सरस्वतीका सात भेद (चिन्तामणि, ज्ञान, नील, महा, किनी, अन्तरिक्ष र घट सरस्वती) स्वरूपको वर्णन शास्त्रमा पाइन्छ ।

हाम्रो नेपाली परम्परामा बालबालिकालाई अक्षरारम्भ गर्दा यसै दिनदेखि सुरूवात गरिन्छ । अक्षरारम्भ गर्दा पहिले सिद्धिबुद्धिदाता गणेशजीको पूजा गराइन्छ, त्यसपति श्रीसरस्वती देवी र वेदव्यास जो हिन्दू वाङ्मय जगत्का गुरूको रूपमा लिइन्छ । यी सबैलाई यथोचित पूजा गरेर पढाउन सुरू गरिन्छ । तसर्थ, वसन्त पञ्चमीको दिनमा नेपालका विभिन्न स्थानमा भएका सरस्वती मन्दिरहरू, प्राथमिक विद्यालय, महाविद्यालय, विश्वविद्यालय र पाठशालामा सरस्वती पूजाको समारोह नै गरिन्छ । यसमा खास गरेर विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरस्वतीका साधक तथा श्रद्धालुहरू आ–आफ्ना पायक पर्ने सरस्वती मन्दिरमा भेला भई सरस्वती देवीको विशेष पूजाआजा गर्न रमाउँछन् ।

सरस्वती पूजाको नैतिकता, लगनशीलता र विद्याको महत्वलाई अक्षरशः व्यवहारमा उतार्दै राष्ट्रको शान्ति, समुत्रति र सुखद भविष्य निर्माणका लागि हो

यसै दिन स–साना बालबालिकाका अभिभावकहरू उनीहरूको हात समातेर मन्दिरका भित्तामा ॐ नमोः बागिश्वराय लेखेर अक्षराम्भ गराउँछन् । श्रीपञ्चमीका ’boutमा एउटा कथन पनि छ, जसमा लक्ष्मीले नारदलाई भनेकी थिइन्, ‘जुन सौभाग्यवती स्त्रीले यस माघ शुक्लपञ्चमीको दिनदेखि सुरु गरी प्रत्येक महिनाको पञ्चमीको दिनदेखि ६ वर्षसम्म प्रत्येक महिनाको पञ्चमीको दिन व्रत बस्छे, त्यो स्त्री सुखी र सौभाग्यवती हुन्छे ।’ यही पौराणिक कथन भएकाले यस दिनको नाम श्रीपञ्चमी रहन गएको हो । यस दिन बिहानदेखि तीर्थ, व्रत, यज्ञ अनुष्ठानका लागि श्रद्धालु नरनारीहरूको विभिन्न नदी एवं तीर्थस्थलहरूमा ठूलो भीड लाग्ने गर्छ ।

यसबाहेक काठमाडौं हनुमानढोकास्थित गद्दी बैठकमा वसन्त श्रवण गर्ने परम्परासमेत रहिआएको छ । यस दिनमा कयौं विद्यार्थी मन्दिर परिसरमा गएर अक्षर कोर्ने र साथै टुटफुट नभएका ३, ५ वा ७ गेडा चामल खाने गर्छन् ।

गीतामा भगवान श्रीकृष्णले ‘नही ज्ञानेतः सदृश पवित्रमिह विद्यते’ भनी ज्ञानको पवित्रतालाई प्रमाणित गरिदिएका छन् । यसैले ज्ञानका उपासकले ज्ञान र विद्याकी देवीको आराधना सरस्वती पूजाको अवसरमा पुस्तकको पूजा गरेर गर्ने गर्छन् ।

समग्रमा भन्नुपर्दा वसन्त ऋतुको आगमनसँगै वौद्धिक शिक्षित वर्गहरूले विद्याकी आराध्यदेवी सरस्वतीको अनुष्ठान गर्ने गर्छन् । विद्याको महत्व र महिमाका ’boutमा जति वर्णन गरे पनि अपूर्ण नै हुन्छ । विद्या अविनाशी धन हो, चेतनाको प्रकाश हो, ज्ञानको ज्योति हो । विद्याबिनाको संसार अन्धकारमय हुन्छ र व्यक्ति धर्मबिमुख र सुगन्धविहीन हुन्छ । त्यसैले त भनिएको छ, ‘रूप यौवन सम्पत्रा विशाल कुल सम्भवा, विद्याहिना न शोभन्ते निर्गन्धा इव किंशुका । अर्थात् रूप र यौवनले सम्पत्र भए पनि, ठूलो कुलमा जन्मिए पनि विद्याहीन मानिस त सुगन्धरहित वासना नभएका पलाँस र चाँपका फूलजस्तै शोभाहीन हुन्छन् ।

त्यसैले, श्रीपञ्चमी तथा सरस्वती पूजाको नैतिकता, लगनशीलता र विद्याको महत्वलाई अक्षरशः व्यवहारमा उतार्दै राष्ट्रको शान्ति, समुत्रति र सुखद भविष्य निर्माणका लागि अझ बढी सक्रिय भूमिका निर्वाह गर्न हामी सबै एकजुट हुनुपर्ने बेला आएको छ । यी सम्पूर्ण कुराका आधारमा प्रज्ञा, मेधा, ध्यान, धारण, ज्ञान, विज्ञान, कला, संस्कृति, साहित्य, संगीत, सृष्टि, सिर्जनाकी आधारभूत श्रीसरस्वती माताको उत्सव मनाइने पर्व श्रीपञ्चमी, वसन्त पञ्चमीको महोत्सव जीवन र राष्ट्रिय जीवनको समग्र समुत्थानका लागि प्रार्थना गरौं । सरस्वती माताले हामी सम्पूर्ण नेपालीमा सत्य र श्रेय मार्गको अवलम्बन गर्दै अघि बढ्ने साहसका साथै तन, मन, धन, बल, बुद्धि र विवेकयुक्त नागरिक बन्ने प्रेरणा दिऊन् भन्ने प्रार्थना गर्दछौं ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा