राष्ट्रियसभाको उपनिर्वाचनका लागि लुम्बिनीमा ३ जनाको उम्मेदवारी दर्ता

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तागठबन्धनबाट नेकपा (एमाले) का कुमार दसौँदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । सत्तापक्ष गठबन्धनमै रहे पनि नागरिक उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

रोल्पा निवासी दसौदी एमालेका केन्द्रीय सदस्य हुन् भने नेपाली कांग्रेसका उम्मेदवार आचार्य रोल्पाका पूर्वजिल्ला सभापति हुन् । चार दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय आचार्य पार्टीमा महासमिति सदस्य हुन् ।

एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।

लुम्बिनी प्रदेशमा कूल मतदाता सङ्ख्या तीन सय पाँच छ । जसमध्ये प्रदेश सांसदको सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशका एक सय नौ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ ।

त्यसैगरी एमालेले २७, माओवादीले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई–दुई, राप्रपा र जनता प्रगतिशीलले एक–एक स्थानमा जितेका छन् । त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार–चार, जसपा, लोसपा र जनमतले तीन–तीन, जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक–एक र स्वतन्त्रबाट दुई निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको शहिदनगरमा जसपाका मेयर निर्वाचित