जनकपुरधाम । दलहरु बिचको सहमतीमा मधेश प्रदेशमा जनमत पार्टीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएको छ । वसन्त कुशवाहालाई सो मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
आज बिदाको दिन मुख्यमन्त्री गृह जिल्लामा रहेको बेला उनको सिफारिसमा मधेश प्रदेश प्रमुखको कार्यालयका निमित्त कार्यालय प्रमुख सत्रुधन यादवले जारी गरेको बिज्ञप्तीमा जनमतका कुशवाहालाई कृषि, जसपाका संजय यादवलाई अर्थ र एमालेका सरोजकुमार यादवलाई भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी तोक्दै वाँकी मन्त्रालयहरु मुख्यमन्त्री आफनै जिम्मा लिएको उल्लेख छ ।
बिना विभागिय मन्त्री कुशवाहालाई समाजिक विकास मन्त्री भन्दै समाजिक सञ्जालमा विगत बधाई र शुभकामनाको लर्को आइरहेको थियो । तर, एकाएक प्रदेश प्रमुख कार्यालयको विज्ञप्तीमा उनको मन्त्रालय कृषि बनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)