नेपालगञ्ज । भारतमा ज्याला श्रम गरेर नेपाल फर्कदै गरेका ५ सय बढी नेपाली श्रमिक नेपाल भारत सीमाको जमुनाह नाकामा सोमबार बिहानदेखि अलपत्र परेका छन् । ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका उनीहरु अहिले केही दशगजा क्षेत्रमा र केही भारतको एसएसबी बल नजिक बसिरहेका छन् ।
भारतको विभिन्न क्षेत्रमा काम गरेर फर्किएको उनिहरुले बताए । ‘हामीहरुलाई नाका बन्द’bout केही थाहा थिएन, हामीहरु अस्ती हिडेका हौं, हिजो भारतमा जनता कर्फ्यु भए पनि ठाउँ–ठाउँबाट भारतीय पुलिसले आफै गाडीको व्यवस्था गरेर हामीलाई यता पठाइदिए, कहिँ रोकेनन’ उनीहरुले भने । राती २ बजे यहाँ पुगेको भन्दै छिटोभन्दा छिटो व्यवस्थापन गरिदिन उनीहरुले आग्रह गरेका छन् ।
‘५ सय बढी नेपाली राती २ बजे यहाँ पुगेका हुन, उनीहरुका ’boutमा मैले सिडिओ साप र एसपी सापलाई जानकारी गराएको छु, के गर्ने भन्ने ’boutमा पहल भइ रहेको छ’ जमुनाह प्रहरी इन्चार्ज माधव रिजालले भने ।
उनले सय जनाको हाराहारीमा दशगजामा रहेका र सीमापारि रहेका ३ सयलाई चाउचाउ र पानीको व्यवस्था गरिदिएको बताए । उनीहरुलाई खानेकुरा र पानी लायन्स क्लबले उपलब्ध गराएको हो
बहराइच जिल्ला र बाँके जिल्लाका सुरक्षा अधिकारीहरुको हिजो बिहान गरेको सहमति अनुसार हिजो बिहान साढे १० बजेदेखि यो नाका बन्द गरिएको थियो ।






