रौतहटमा कुष्टरोगको संक्रमणको दर बढदै

रौतहट । रौतहटमा दिनप्रतिदिन कुष्टरोगीका बिरामीहरु बढिरहेको पाइएको छ । गत ३ बर्षको तथ्याङक हेर्ने हो भने हरेक बर्ष रौतहटमा कुष्टरोगी बढीरहेको पाइएको हो । २०७६-०७७ मा रौतहटमा ६० जना मात्रै कुष्टरोगी थिए भने २०७७-०७८ मा बढेर १०६ जना जना पुगेका छन । त्यस्तै आर्थिक बर्ष २०७८-०७९ मा झन बढेर १ सय २२ जना रौतहटमा कुष्टरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका क्षयरोग तथा कुष्ठ रोग शाखाका प्रमुख महेश साहले जानकारी दिएका छन ।

१४० जना कुष्ठरोगी मध्ये सबैभन्दा बढी चन्द्रपुर नगरपालिकामा रहेका छन्।आइतबार चन्द्रनिगाहपुरका वाड नं. ९ डुमरियामा ७० औ विश्व कुष्ठरोग दिवशको कार्यक्रमको अबसर पारेर आयोजित कार्यक्रममा सो जानकारी गराइएको थियो । उक्त कार्यक्रममा शाखा प्रमुख साहले आउदो सन २०३५ भित्र रौतहटमा कुष्टरोगी शुन्य बनाउने गरी जिल्लाको १८ वटै पालिकामा रोगीहरुको उपचार भइरहेको जानकारी दिए । हालको अबस्था सम्म रौतहटमा १ सय ४० जनाले उक्त रोगको औषधी सेवन गरिरहेको उनले बताए ।

उनले अहिले कुष्ठरोग निको हुने रोग भएकोले रोगीहरुले निर्धक्क भएर औषधी सेवन गर्न आग्रह गरेका छन । उनले भने, ‘कुष्ठरोग सरुवा भए पनि जुन व्यक्तिमा रोगसँग लड्ने क्षमता हुँदैन त्यही व्यक्तिमा मात्र सर्छ।’ अरु सँगै बसे पनि केही फरक नपर्ने उनले बताए। मधेश प्रदेशमा अझै पनि कुष्ठरोगको जोखिम रहेको बताए। रौतहटमा सबैभन्दा बढी कुष्ठरोग प्रभावित चन्द्रपुर नगरपालिका रहेको र सबैभन्दा थोरै प्रभावित यमुनामाई गाउँपालिका रहेको जानकारी पनि शाखा प्रमुख साहले जानकारी दिएका छन ।

रौतहटका १८ वटै स्थानीय तहको तथ्यांकअनुसार चन्द्रपुर नपामा २२ जना,गुजरा नगरपालिकामा २० जना र सबैभन्दा थोरै यमुनामाई गापामा २ जना कुष्ठरोगी फेला परेको र उनीहरूको औषधी उपचार भइरहेको पनि उनले बताए। कार्यक्रममा प्रमुख साहले कुष्ठरोग निवारण अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे । कुष्ठरोगी फेला परे पनि नाम गोप्य राखी समाजमा अपहेलित नहुने हिसाबले उपचार भइरहेको द ल्याप्रोसी मिसनकी रौतहट फोकल पर्सन अन्जनी चौधरीले जानकारी दिएकी छिन । रौतहटमा द ल्याप्रोसी मिसन लगायतका गैर सरकारी संस्थाहरुले पनि कुष्टरोग निवारण सम्बन्धी काम गदै आएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
कैलालीका ४ वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक (सूचीसहित)