मिटरब्याजी आतंक पछिल्लो समयमा निकै बढ्दो छ । मिटरब्याजी साहुले ऋण लिएको पैसा ‘ब्याजको स्याज’ मात्र नभएर मनोमानी रूपमा दिन दुईगुणा र रात चौगुणाका हिसाबले बढाउँदै लगेर लाखको ऋण करोडमा पु¥याउने र जग्गा तथा भएभरका सम्पत्ति हडप्ने गरिरहेका छन् । यसको पीडा प्रशासन र अदालतसम्म पुगे पनि मिटरब्याजीमाथि अहिलेसम्म कारबाही हुन सकेको छैन । परिणामतः यो निकै मौलाउँदो आय आर्जनको खेलोमेलो बन्नपुगेको छ ।
अहिलेसम्म यसको रोकथामका लागि कुनै कानुन वा नियम नै बनेका देखिएको छैन । शिवराज नगरपालिका–५ की डिल्ली बुढामगर पतिको मृत्युपछि आफ्नो जग्गा नामसारीका लागि मापोत कार्यालयमा पुग्दा उनको जग्गा मिटरब्याजी साहुको नाममा नामसारी भइसकेको थाहा पाएपछि उनी तीनछक्क परेकी छन् । उनले आफ्ना पतिले ऋण लिएको पनि थाहा नपाएको तर पछि ६ लाखजतिको बैंकिङ कारोबार भएको देखेपछि अहिले १ करोडबराबरको जग्गा किन त्यति नै पैसामा हडपेको ? भनेर यसको युक्तियुक्त जवाफ खोजिरहेकी छन् । यसका लागि जालसाजीपूर्ण तरिकाले कानुनी प्रक्रिया मिलाएको मिटरब्याजी साहुको कर्तुत देखिए पनि यसमाथि कारबाहीका लागि कि त कानुन बन्नुपर्छ, कि त सर्वोच्च अदालतले नजिर निर्माण गर्नुपर्ने देखिन्छ ।
अहिले डिल्ली बुढामगर मात्र यसको सिकार भएकी छैनन् । मिटरब्याजी साहुहरूको सुदखोरी अत्यचारका ’boutमा निरन्तर समाचार तथा घटनाक्रमहरू सार्वजनिक भइरहेका पनि छन् । सरकार यसका ’boutमा चूपचाप छ । प्रशासन मौन छ । सर्वोच्च अदालतमा न त ऋणीहरूको प्रक्रियासम्मत ढंगले पुग्न सक्ने पहुँच छ, न त कुनै कानुन व्यवसायी यो अत्यचार अन्त्यका लागि सहयोग गर्न तयार नै देखिन्छन् । बरू मिटरब्याजी आतंक र अत्यचार गाउँसहरमा भित्रभित्र भुसको आगोझैं सल्किइरहेको छ । मारमा पर्नेहरू केवल ‘कठैबरा’सम्म सम्बोधित हुन पाएका छन् । तर, यो अत्यचारको सिकञ्जाबाट कोही पनि मुक्त हुन सकिरहेका छैनन् । केही वर्षपहिले सरकारी आश्वासन आएको थियो ‘उजुरी गर्नुहोस्, हामी कारबाही गर्छौं’ भनेर । केही उजुरी पनि गरिए तर ती उजुरीमाथि कुनै पनि प्रशासनिक र कानुनी सुनुवाइ नै हुन सकेन । सरकार ती मिटरब्याजीसँग मित्रता गाँस्न पुग्यो । परिणामतः पीडित ऋणीले सरकारको उर्दी मानेर उजुरी दिनसमेत लाज माने । अहिले मिटरब्याजी खुलमखुला आफ्नो लाखौं लुटको गोरख धन्दा निर्वाध रूपमा अघि बढाइरहेका छन् ।
अहिले मिटरब्याजीबाट पीडित डिल्ली बुढामगरसहितका आसामी सडकमा पुगिसकेका छन् । तर, मिटरब्याजीहरूको ऋणको मिटर भने हरेक गरिबका घरजग्गामा ‘अर्थिङ’ हुँदै गइरहेको छ । मिटर यसरी चलिरहेको छ कि आज देखिएको रकम भोलि बिहान उठ्दा कल्पना नै नगरिएको उकालो काटेर सगरमाथाको ‘बेस क्याम्प’नजिक पुगिसकेको हुन्छ । यो अहिले नेपालमा रातारात चकाचौंध हुँदै गइरहेको व्यापारका रूपमा फस्टाउँदै गइरहेको छ । पहिले एकादुई र लुकीछिपी गरिने मिटरब्याजी सुदखोरी अहिले प्रतिष्ठाको मञ्जिल चुम्न पुगिरहेको छ । यदि, देशमा नागरिकको संरक्षक र अभिभावक कोही छ भने बिनाढिलाइ बन्द गराऊ मिटरब्याजी आतंक र न्याय देऊ पीडितलाई !