काठमाडौं । प्रदर्शन मिति नजिकिँदै गर्दा डा. भोला रिजाल निर्मित चलचित्र ‘ह्यारी कि प्यारी’को गीत ‘दम दम…’को भिडियो आईतबार रिलिज गरिएको छ । यो गीतलाई क्लब आईटम गीतको रुपमा भिडियोमा उतारिएको छ । जसमा यो चलचित्रकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह निकै कामूक भाव र छोटा पहिरनमा उत्रिएकी छिन् । उनीसँग डान्समा सहयोगी चरित्रको रुपमा आरए सुरज पौडेल रहेका छन् ।
कविराज गहतराजले कोरियोग्राफी रहेको गीतमा युग भुषालको शब्द तथा संगीत र थोम्स एन्ड्रियूजको स्वर छ । यो चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् । यही चलचित्रबाट उनी निर्देशनमा उत्रिएका छन् ।
सिनेमाको पोष्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईमा गरिएको हो । त्यसैले पनि सिनेमाका प्रचार सामाग्रीले दर्शकबाट आशातीत प्रतिक्रिया पाएका छन् ।
यो चलचित्रमा साम्राज्ञीसँगै जितु नेपाल, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ ।
यो चलिचत्र यही २० माघबाट देशव्यापी सिनेमा हलमा रिलिज हुँदैछ । सुदीप बरालको छायांकन रहेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ ।
डा. भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी छ ।