भारतबाट फर्केका ३ जनामा उच्च ज्वरो

बैतडी । भारतमा श्रम गरेर फर्किएका बैतडीका ३ जनामा उच्च ज्वरो भेटिएको छ । बैतडीको पञ्चेश्वरका कोरोनाका अशंका गरिएपछि उनीहरुलाई एउटा विद्यालयको कोठामा राखिएको छ । ३ जनामा एक सय डिग्री फरेनहाइटभन्दा बढी ज्वरो मापन गरिएकाले उनीहरुलाई कैलपाल आधारभूत विद्यालयको एक कोठामा राखिएको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले जानकारी दिए ।

आइतबार रोलघाटबाट नेपाल आएका उनीहरुको चेकजाँच गर्दा ज्वरो आएको भेटिएकाले अलग कोठामा राखिएको शाहले बताए । पञ्चेश्वर गाउँपालिका ४ का तीनै जनालाई उच्च ज्वरो भेटिएकाले अलगै राखिएको शाहले बताए ।

उनीहरु तिनै जना भारतबाट फर्केका हुन् । उनीहरु मध्ये एकजना मुम्बई, एकजना दिल्ली र एक जना हरिद्वारबाट फर्केका हुन । ३ जनामा ज्वरो भेटिएकाले सेल्फ क्वारेन्टाइनमा राख्न आग्रह गरेको र सोही बमोजिम एउटा विद्यालयको कोठामा ३ जनालाई राखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनीहरुलाई ज्वरो मात्रै आएको र अन्य लक्षण केही नदेखिएको उनले बताए ।

३ जनालाई ज्वरो देखिएकाले उनीहरुलाई १४ दिनसम्म अलगै राख्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए । उनीहरुमा थप जटिलता आएमा एम्बुलेन्स स्टेन्डबाइ राखिएको र जिल्ला अस्पातलमा ल्याइने भट्टले बताए । पञ्चेश्वर गाउँपालिकाले केही दिन पहिला घाट बन्द गर्ने निर्णय गरेको भए पनि आइतबार भने गाउँपालिकाकै पहलमा एकै पटक ३३ जनालाई भारतबाट नेपाल आउन अनुमति दिएको थियो ।

भारतबाट फर्केकाहरु ३ दिनसम्म घाट किनारमै रहेकाले दुई घन्टाका लागि घाट खोलेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन् । गाउँपालिका आफैले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै चर्को आलोचनासमेत भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?