राष्ट्रपतिको निर्वाचन, १३ फागुनमा मनोनयन दर्ता, २५ फागुनमा मतदान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गर्दै कार्यतालिका सार्वजनिक गरेको छ । 

सोमबार आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २५ फागुनमा  राष्ट्रपतिको र ३ चैत्र ३ मा उपराष्ट्रपति पदको निर्वाचन हुनेछ । दुवै पदका लागि तोकिएको दिन तोकिएको मतदान केन्द्रमा बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म मतदान हुने उनले बताए । 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरी सो को जानकारी नेपाल सरकारलाई दिनुपर्ने तथा सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले सोका लागि नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई आयोगले लेखी पठाउने आयोगले जनाएको छ । 

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने, फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तथा उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

epaper

ताजा समाचार

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध