दामोदर न्यौपानेले ल्याए ‘घरको शिक्षा’

काठमाडौं । बालबालिकालाई घरबाटै उचित शिक्षा दिनुपर्ने भन्दै पत्रकार दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तकको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा शिक्षाविद् डा. विद्यानाथ कोइराला, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, मनोविद डां विजय ज्ञवाली, पुस्तकका प्रमुख पात्र लेखक न्यौपानेका छोरा हार्दिक न्यौपाने लगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रा.डा.विद्यानाथ कोइरालाले पुस्तकले किताब मात्रै बोक्ने प्रवृत्तिको निरुत्साहित गर्दै बालमनोविज्ञान बुझेर अभिभावकले बाल सिकाइमा अगाडि बढ्नुपर्ने बताए। हामी बालबालिकामाथि आफ्नो इच्छा लादिरहेका हुन्छौं। बच्चा चुलबुले हुन्छन्। उनीहरूको सिकाइ विशृंखिलत हुन्छन्। तर, हामी एकोहोरो किताब रटाइरहेका हुन्छौं। यस्तो अवस्थामा पुस्तकभन्दा आफ्नै तरीकाले सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट किताबभन्दा धेरै ज्ञान दिन सकिने रहेछ ।’

शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले ‘घरको शिक्षा’ पुस्तक पुस्तकको रुपमा नभइ दर्पणको रुपमा आएको अभिभावक, शिक्षक, विद्यार्थी ्का लागि अमूल्य रत्न रहेको बताए । उनले भने, ‘पुस्तक शिक्षक र अभिभावक सबैले पढ्नुपर्ने रहेछ । बच्चाको असीमित चाहना हुन्छ। यस्तो अवस्थामा बालबालिकासित हामीले कस्तो व्यवहार गरेका रहेछौं, पुस्तकले आत्ममूल्यांकन गर्न सहयोग पु¥याउने रहेछ।’

कार्यक्रममा बोल्दै अञ्जु भट्टराईले भनिन्,‘बालबालिकाले घरबाटै संस्कार सिक्छन् । यसका लागि अभिभावक नै सचेत हुनुपर्छ। पुस्तकको प्रमुख पात्र हार्दिक न्यौपाने मेरो आफ्नै विद्यार्थी हुनुहुन्छ। उहाँको बुबासँग सधैं भेट भइरहन्छ।’ उनले घर संस्कार सिकाइको पहिलो पाठशाला भएकाले शिक्षामा संस्कार जोडिनुपर्ने बताइन्,‘यसरी संवेगात्मक विकासमा सहयोग पु¥याउनु बालचाहना अनुसार लेखिएकाले सबै वर्गका लागि उक्त पुस्तक पठनीय छ।’

विजय ज्ञवालीले सबैले सुरक्षित मानिएको घर किन असुरक्षित छ भन्ने कुरा लेखकले अप्रत्यक्ष तरीकाले पुस्तकमा देखाएका बताए। पुस्तक’bout बोल्ने क्रममा उनले भने,‘मैले पुस्तकलाई बाबाको आँखाबाट पनि पढें। यसले बाबाको हृदय बुझ्न मद्दत पु¥याउने रहेछ। शिक्षक, अभिभावक र विद्यार्थी सबैले पढ्नुपर्ने रहेछ।’ लेखकले घर किन असुरक्षित भन्ने कुरा अप्रत्यक्ष तरीकाले देखाएको पनि उनले बताए । सिकाइ र संस्कारसँग बालबालिकालाई जोड्न नसक्दा हुने यस्ताखाले सम्भावित घटना दोहोरिन नदिन अभिभावक सचेत हुनुपर्नेमा उनले जोड दिए ।

लेखक न्यौपानेले संस्कारहीनताको कारणले शिक्षा नीति असफल भएको बताए । उनले भने, ‘संस्कारहीनताको कारणले समाज भाँडिएको छ । त्यसलाई ठिक ठाउँमा ल्याउन पुस्तक लेखेको हुँ । हामीले बालबालिकालाई घरबाटै संस्कार सिकाउनुपर्छ । हिंसात्मक वातावरणमा हुर्काएका नानीहरू सामाजिक हुन सक्दैन ।’ यो पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

गेटामा यही सत्रबाट एमबीबीएस सञ्चालन गर्न मेयर हमालको आग्रह