क्रकेटर सन्दीपमाथिको निलम्बन फुकुवा

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

नावालिका बलात्कार मुद्दामा उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेसँगै क्यानको पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । उनी २०७८ मंसिर २९ मा उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका थिए ।

नावालिका बलात्कारको आरोपमा उनीविरुद्ध जाहेरी परेपछि गत २३ भदौमा क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोमा सन्दीपले उच्च अदालत पाटनले दिएको निवेदनमा उच्चले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसैबीच, उच्चको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ । सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर गरेर थुनामै मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
गठबन्धनको निर्णय : एकीकृत समाजवादी माओवादीकाे बराबर हैषियत !