जुजुकाजीको ‘मतिनाया गल्ली’

काठमाडौं । बरिष्ट गायक जुजुकाजी रंजितले नेपाल भाषाको नयाँ आधुनिक गीतिसँग्रह‘मतिनाया गल्ली’ बजारमा ल्याएका छन् । काठमाडौंमा एक समारोहबीच यो गीतिसँग्रहको जनकवि दुर्गालाल श्रेष्ठ, डा. मल्ल के सुन्दर, पूर्व मुख्य सचिब केशवराज राजभण्डारीलगायतले विमोचन गरेका छन् ।

यो गीतिसँग्रहमा आठ वटा गीत रहेको छ । सँग्रहका चारवटा गीतमा जुगल डँगोल र बाँकी चार गीतमा मनराजा नकर्मीको संगीत रहेको छ । ती सबै गीतको संगीत संयोजन जुगलले गरेका हुन् ।

सँग्रहका गीतलाई गायक जुजुकाजी रंजितले गायका हुन् । दुई वटा गीतमा भने जुजुकाजीसँगै गायिका निशा देसार र अर्की गायिका रत्नशोभ महर्जनको स्वर रहेको छ । सँग्रहका सबै गीतलाई दुर्गालाल श्रेष्ठले लेखेका हुन् ।

कैसल्या रंजितको प्रस्तुति रहेको यो गीतिसँग्रहको छन्त लुमंका…गीतको भिडियो समेत सो कार्यक्रममा सार्वजनिक गरिएको थियो । सो भिडियोलाई हाईलाईट्सबाट रिलिज गरिएको पनि कार्यक्रममा जानकारी गराईयो । सँग्रहका अरु गीतको भिडियो पनि क्रमश तयार गरेर दर्शकमाझ ल्याउने गायक जुजुकाजीले सो क्रममा बताए ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम आजलाई स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
कैलालीमा एमालेले टुंगो लगायो ११ पालिकाका उम्मेदवार