सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित

टीकापुर । सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री राजेन्द्र रावलको विश्वासको मतमा दलबीच सहमति हुन नसक्दा प्रदेशसभा बैठक अनिश्चित बनेको हो । यसअघि माघ ११ गते प्रदेशसभाको बैठक बोलाइएको थियो । तर, बिजनेस नहुँदा सो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

अहिलेसम्म प्रदेशसभाको बैठक अनिश्चित नै रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । उनले अहिलेसम्म बैठकको कुनै टुंगो नलागेको बताए । अब बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिनुपर्ने छ । तर, उनको विश्वासको मत’bout सत्ता साझेदार दलबीच अझै सहमति भइसकेको छैन । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जिकिर गरेपछि विश्वासको मतसँगै प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।

संविधानले गरेको व्यवस्थाबमोजिम मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्रै विश्वासको मत लिनुपर्ने हुन्छ । पुस २७ गते एमालेका रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशसभाको बैठक माघ २७ गतेभित्रै हुनुपर्ने बताइएको छ । तर, दिनको टुंगो भने लाग्न नसकेको सूचना अधिकारी जैशीले बताए । प्रदेशसभाबाट सभामुख र उपसभामुखको चयनपछि सदन चल्न सकेको छैन ।

सुदूरपश्चिमका मुख्यमन्त्रीबाहेक अन्य मन्त्रालयमा मन्त्री नभएपछि मन्त्रालय पनि सुनसान देखिएका छन् । सेवाग्राही तथा कार्यकर्ताले भरिभराउ हुने मन्त्रालयमा मन्त्री नभएपछि सुनसान देखिएको हो । मन्त्रालयमा मन्त्री नहुँदा मन्त्रालयका नियमित कार्यबाहेक नीतिगत कार्य प्रभावित भएको बताइएको छ । सुरुवाती चरणमा रहेको प्रदेशसभाले बिजनेस पाउन सकेको छैन । यसैगरी, प्रदेश सभामुखको अध्यक्षतामा गठन हुने कार्य व्यवस्था परामर्स समिति पनि अझै बनिसकेको छैन । यो समिति नहुँदा प्रदेशसभा बैठकका सवालमा गरिने विभिन्न छलफल सर्वदलीय बैठकमार्फत भइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा