मुम्बई । बलिउडका फिल्मले यस अघि भारतमा गरेको सबै व्यापारको रेकर्ड यतिबेला अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ले तोडेको छ । यो फिल्मले पहिलो दिनमा भारतमा ५५ करोडको व्यापार गरेको थियो । भारतमा मँगलबार सातौं दिनमा भारतमा ३९५ करोड कमाएको छ । एक सातामा यति धेरै व्यापार अहिलेसम्म रिलिज भएका कुनै पनि हिन्दी फिल्मले गरेको छैन ।
यो फिल्मको विरण गर्ने सँस्थाका अनुसार फिल्म पठानले सातौं दिनसम्म विश्वभर ६३४ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ । मंगलबारसम्म फिल्मको चकित पार्ने आँकडा आएको छ ।
निर्माण पक्षले भनेको छ,‘पठानले ७ दिनमा विश्वभर भारतीय रुपैयाँ ६३४ करोड र भारतमा भारतीय रुपैयाँ ३९५ करोड कमाएको छ । फिल्मले रिलिजपछि धेरै धमाकेदार कीर्तिमान बनाएको छ र ३५० करोडको सबैभन्दा धेरै कमाइको रेकर्ड पनि बनाएको छ ।’
वितरण पक्षका अनुसार यो फिल्मले रिलिज भएको ३ दिनमै २०० करोडको आँकडा भारतमा पार गरेको थियो । जुन अहिलेसम्म भारतमा कुनै पनि हिन्दी फिल्मले गरेको छैन । शाहरुख खानले सन् २०१८ यता कुनै पनि फिल्म गरेका थिएनन् र फ्यानहरू उनको पर्खाइमा थिए । उनले आफ्नो यो फिल्मबाट दर्शकको मन राम्रोसँग जितेर कमाई पनि त्यत्तिकै राम्रो गरेका छन् ।
यो फिल्मका कारण शाहरुख खान निकै विवादमा आए । यो विवाद उनको लागि फाइदा जनक भएको छ । विवादमा आएर पनि पठानलाई धेरै फाइदा भएको र यस’bout दर्शकले झनै चासो देखाएर फिल्म हेरेको समीक्षकहरुको कथन छ ।
यस फिल्ममा शाहरुखसँगै अभिनेत्री दीपिका पादुकोण र जोन अब्राहम रहेका छन् । यि तिन जना कलाकारकै लागि यो फिल्म फेरी आफनो करिअरको माईलस्टोन सावित भएको छ ।
यो फिल्मले दोश्रो साता पनि त्यत्तिकै राम्रो व्यापार गरिरहेको छ । दोश्रो साता सकिँदा फिल्मले विश्वव्यापी रुपमा एक हजार करोडसम्म भारतीय रुपैयाँको व्यापारगर्ने अुनमान गरिएको छ ।
यो फिल्मको सफलताले आफुलाई अझ उर्जा मिलेको शाखरुखले बताएका छन् । अहिले शाहरुख खान जवान र डंकी गरी दुई फिल्मको काममा व्यस्त छन् । यि दुबै फिल्मको सुटिङ निरन्तर चलिरहेको छ । शाहरुख खानको ‘जवान’ यो वर्षको अन्त्यसम्ममा रिलिज हुँदैछ । यो फिल्म ब्यांग एक्सनले भरिपूर्ण रहने बताईएको छ ।