सत्ता साझेदार दलबीचको एकता जोगाउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाएर अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सत्ता साझेदार दलबीच बढ्दै गएको असमझदारीलाई अन्त्य गर्ने दृढता व्यक्त गरे ।

आइतबार संघीय संसद् नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताउँदै भने, ‘राष्ट्रिय सहमति नै गरौं भनी राखेको तर सत्ता साझेदारबीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्नेमा म दृढताका साथ लागेको छु ।’

अदालतको निर्णयपछि पक्कै पनि उहाँहरूलाई केही असहज त भएकै थियो । अब उहाँसँग (रवि लामिछानेसँँग) फेरि भेटेर कुरा गर्छु,’ प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरे पनि आपूmले सो पार्टीसँग थप छलफल गर्ने बताए । गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको थियो । यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

नागरिकता विवादका कारण उपप्रधान तथा गृहमन्त्रीसहित सांसदलगायतका पदको जिम्मेवारी गुमाएका रास्वपा अध्यक्ष लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका थिए ।

तर, प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रका नेताहरूले अझै दोहोरो राहदानी’bout नेपाल प्रहरीले अनुसन्धान जारी नै राखेकाले लामिछानेलाई गृह मन्त्रालय नदिई आफैंसँग राख्नुपर्ने दबाब दिएका थिए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समेत लामिछानेलाई गृह मन्त्रालय दिनुपर्ने दबाब दिँदै आएको भए पनि प्रधानमन्त्रीले त्यसलाई आनाकानी गर्दै आइरहेका छन् । बीचको बाटो रोज्दै प्रधानमन्त्री प्रचण्डले गृह आफंैसँग राखेर भौतिक पूर्वाधार मन्त्रालय दिन प्रस्ताव गरेका थिए । तर, रास्वपा अध्यक्ष लामिछानेले प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै गृह नै पाउनुपर्ने अडान राखेका थिए ।

सरकार गठनको बेला सत्तारूढ दलबीचमा भएको सहमतिविपरीत प्रधानमन्त्री प्रचण्डले गृह रास्वपालाई नदिएको आरोप सो दलले लगाएको छ । शक्ति बाँडफाँडको क्रममा गृह रास्वपाको भागमा परेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले गृह आफैंसँग राख्न खोजेपछि विवाद चर्किंदै जाँदा रास्वपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।

यसैगरी सत्तारूढ दलबीच भएको सहमतिअनुसार राष्ट्रपति एमालेको भागमा परेको थियो । तर, सो सहमतिविपरीत प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै गर्ने निष्कर्षमा पुगेपछि एमाले सशंकित हुँदै आएको छ ।

सहमतिविपरीत माओवादी केन्द्रले निर्णय गरेपछि पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच दिनहुँ छलफल भइरहेको छ ।

उता एमाले पूर्व सहमतिअनुसार माओवादीले एमालेकै उम्मेदवारलाई सहयोग गर्नेमा ढुक्क छ । सहमतिविपरीत माओवादी जानै नसक्ने दाबी एमाले नेताले गर्दै आएका छन् । यही दोधारबीच कतिपयले राष्ट्रपतिको निर्वाचनसम्ममा सत्ता समीकरण नै बदिलिने विश्लेषण गरिरहेका छन् ।

रास्वपाका मन्त्रीले बुझाए राजीनामा
यसैबीच, रास्वपाका मन्त्रीले प्रधानमन्त्री प्रचण्डसामु राजीनामा बुझाएका छन् । पार्टीको निर्णयअनुसार आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषद्मा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा बुझाएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारको घरमा विस्फोट, श्रीमती घाइते