काठमाडौं । दक्षिणी टर्की र उत्तरी सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि १ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
उद्धार कार्य जारी रहेका कारण मृत्यु हुनेको संख्या वृद्धि भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन् । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा ७.८ म्याग्निच्युडको भूकम्प गजियान्टेपनजिकै गएको थियो । जतिबेला मानिस सुतिरहेका थिए । जसका कारण दिनभरि टर्कीमा पराकम्पन महसुस गरिएको थियो ।
१९ सय बढीको मृत्यु, नेपाली सुरक्षित
दिउँसो ७.६ म्याग्निच्युटको भूकम्पन गएको थियो । भूकम्पनका कारण ठूलो जनधनको क्षति भएको छ । दुवै देशमा सयांै भवन भत्तिएका छन् । भग्नावशेषमुनि फसेका मानिसलाई बचाउन उद्धारकर्ताहरू दौडिरहेका छन् । टर्कीले सहयोगका लागि अन्तर्राष्ट्रिय अपील गरेसँगै विश्वका नेताहरूले सहायता पठाउने बाचा गरिसकेका छन् ।
टर्की सिरिया, लेबनान, साइप्रस र इजरायलका लाखौं मानिसले भूकम्पको धक्का महसुस गरेका थिए । कतिपय भवनहरू जमिनमा भासिएका छन् । पछिल्लो रिपोर्टअनुसार १५ सय बढीको मृत्यु भइरहेको छ । दुवै क्षेत्रमा ठूलो जनधनको क्षति भएको हो । भूकम्प एक मिनेटसम्म गएको थियो ।
टर्कीका ऊर्जामन्त्री फातिह डोनमेजले ऊर्जा पूर्वाधारमा गम्भीर क्षति भएको बताए । केन्द्रबिन्दु नजिकैको ग्यास फाइललाइन छन् । ती विस्फोटन भए नभएको भन्ने विषयमा उनले उल्लेख गरेनन् । गाजियनटेपको दक्षिण पश्चिममा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।
टर्कीमा मृत्यु हुनेको संख्या बढेर १ हजार १४ पुगेको पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या वृद्धि भइरहेको छ । सिरियामा मृत्यु हुनेको संख्या करिब ८ सय रहेको एएफपी समाचार एजेन्सीले जनाएको छ ।
विद्रोही नियन्त्रित क्षेत्रमा उद्धार समूह र द हाइटे हेल्मेटका अधिकारीसँग सरकारी नियन्त्रित क्षेत्रका तथ्यांकलाई सयोजन गरिएको छ । टर्कीको कहरामनमारास प्रान्तमा पहिलो भूकम्पको झन्डै ८० माइल दक्षिणमा रहेको गाजियनटेप सहरनजिकै गएको केह िघण्टापछि मात्रै दोस्रो भूकम्पको धक्का महसुस भएको थियो ।
विश्वका विभिन्न देशका नेताले टर्की र सिरियामा उद्धार कार्यमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले विज्ञप्ति जारी गरे भूकम्पमा फसेकालाई बचाउन बहादुरीका साथ काम गर्ने पहिलो प्रतिबद्धता व्यक्त गर्दै जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले दुवै देशबाट आएका तस्बिरलाई भयानक भनेर वर्णन गर्दै फ्रान्स आपत्कालीन सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्जले मद्दत गर्ने बाचा गरेका छन् ।
इजरायकला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टर्कीका नागरिकप्रति समवेदना व्यक्त गर्दैै सबै अधिकारीलाई चिकित्सा उद्धार र उद्धार सहायता उपलब्ध गराउन तरुन्तै तयार हुन निर्देश दिएको बताए ।
भारत सरकारले १०० प्रकोप रेस्पोन्स कर्मचारी र विशेष तालिम प्राप्त कुकुरको टोली प्रभावित क्षेत्रमा उडान गर्न तयार गरेको र चिकित्सा टोली र आपूर्ति पनि तयार भएको बताएको छ । नेटोका महासचिव जेन्स स्टोल्टनवर्गले आफू टर्कीका राष्ट्रपति एर्दाेगानसँग सम्पर्कमा रहेको र समर्थन जुटाएन लागि परको बताए ।
टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा गएको यो नै ठूलो भूकम्प हो । भूकम्पीय जोखिमको हिसाबले टर्की पनि संवेदनशील क्षेत्रका रूपमा रहेको छ । यहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरयमा छन् । लाखौं शरणार्थीरहरू सिरिया टर्की सीमाका दुवै छउमै शिविरमा बस्छन् । विद्रोही नियन्त्रित क्षेत्रमा दर्जनौंको ज्यान गएको बताइएको छ ।
घाइतेको उपचारका लागि रगतको अभाव हुन थालेपछि टर्की रेड क्रिस्न्टेले नागरिकलाई रक्तदान गर्न आह्वान गरेको छ । ४५ देशबाट मद्दत प्राप्त गर्ने समर्थन पाइसकेको छ । युरोपियन युनियनले टर्कीमा खोज र उद्धार टोलीहरू पठाउँदै छ । नेदरल्यान्ड र रोमानियका उद्धारकर्ताहरू समाचार तयार गर्दासम्म हिंडिसकेका थिए ।
बेलायतले ७६ उद्धार विशेषतः उपकरण र कुकुर पठाएको छ । अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्की र सिरियालाई इरानलाई जस्तै सहयोग गर्ने बताएका छन् । टर्कीका आन्तरिकमन्त्री सुलेमोन सोयलुले हाते, ओस्मानी, अदियामान, मालत्या, सानलिउर्फा अडाना, दियारबाकिर र किलिसललगायत १० सहर प्रभातिव भएका छन् । ती सहरका विद्यालय कम्तीमा एक साताका लागि बन्द गरिएको बताइएको छ ।
यसैबीच, टर्की र सिरियाको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा त्यहाँ रहेका नेपालीको पछिल्लो समाचार तयार पार्दासम्म सुरक्षित रहेको बताइएको छ । पाकिस्तानस्थित नेपाली राजदूतावासले नै टर्की पनि हेर्दछ । भूकम्प गएको क्षेत्रमा खासै नेपाली नरहेको बताइएको छ ।
दूतावासले त्यहाँको अवस्थालाई नजिकबाट निकालेको बताइएको छ । टर्कीमा मात्र करिब ४ हजार नेपालीको संख्या रहेको हुन सक्ने बताइन्छ । नेपालीको बसोबास विशेषगरी अंकारा र इस्तानबुलमा रहेको छ ।
सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पको समयमा टर्कीले समेत सहायता टोली पठाएको थियो । भूकम्प प्रभावित क्षेत्रमा करिब आधा दर्जन नेपालीको अवस्था सुरक्षित रहेको बताइएको छ । गाजियान्टेपमा रहेको केही नेपाली फेरि भूपम्कको धक्का आउने हो कि भन्ने त्रासमा सुरक्षित होटलमा आश्रय लिएको बताइएको छ ।