मंगलबारदेखि बाँकेमा जनता कर्फ्यु

फाइल तस्विर



नेपालगन्ज । कोरोना भाइरसको जोखिम रोक्न बाँके प्रशासनले बाँकेलाई मंगलबारदेखि जनता कफ्र्यु मार्फत जिल्ला सील गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरुसहित गरिएको पत्रकार सम्मेलनमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले आफ्नै घरमा बसेर सहयोग गर्न आग्रह गर्दै जिल्लामा सर्वसाधारणलाई आवगमनमा रोक लगाईएको जानकारी गराए ।

‘सक्रमण फैलिन नदिनको लागि अपनाईने हरसंभव प्रयास मध्ये अब भोलिदेखि अत्यावश्यक बाहेक अन्यलाई बाहिर हिडडुल गर्न नदिइने निर्णय गरेका छौ ।’ प्रजिअ खड्काले भने ‘अटेरी गरे कडाईका साथ अगाडि बढ्ने छौ ।’ जनताको जिउधनको सुरक्षाका लागि जनता कफ्र्यु लगाइएको बताउँदै प्रजिअ खड्काले आम बाँकेबासीलाई निर्देशन पालना गर्न आग्रह गरे ।

मंगलबारदेखि अर्को सूचना नभएसम्म कुनै पनि सवारी साधन संचालन नगर्न र घरबाट बाहिर नआउन आग्रह गरिएको छ ।

यसैवीच प्रमुख जिल्ला अधिकारी खड्काले सोमबार जमुनाह नाकाबाट भित्रिएकालाई स्वास्थ्य जाँचपछि सम्बन्धित जिल्लातिर पठाइएको जानकारी दिए । शुरुमा नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेनटाइनमा राखिएको उनीहरुमध्ये केही आतिएर पहिले नै निस्किएका थिए ।

यता, धार्मिक गुरुहरुले बाँके प्रशासनले गरेको आग्रहलाई पालना गर्ने बताएका छन् । बाँकेका व्यापार व्यवसाय बन्द रहे पनि रिक्सा, मोटर साइकल लगायतका सवारी साधन संचालनमा थिए ।

अलपत्रको उद्दार गरी क्वारेनटाईन पछि घरपठाईयो

विश्वव्यापी फैलिएको नोवेल कोरोनाको संक्रमणको कारण नेपाल–भारत सीमा शिल हुँदा सयौको संख्यामा दशगजामा अलपत्र परेका नेपाली नागरिकलाई उद्दार गरी क्वारेन्टाईनमा राखि उनीहरुलाई संबन्धित स्थानमा पठाईएको छ ।
भारतमा अध्ययन गर्ने विद्यार्थी तथा ज्याला मजदुरी गर्नेहरु कोरोनाको त्रासका कारण विभिन्न स्थानबाट नेपाल फर्कदै गरेका १ सय ३८ महिला सहित ७ सय ५८ नेपाली नागरिक नेपाल–भारत सिमाको जमुनाह नाकाबाट सोमबार बिहानदेखि उद्दार गरी नेपालगन्ज उपमहानगरपालिकाले तयार गरेको क्वारेन्टाइन स्थल महेन्द्र बहुमुखी क्याम्पस पुर्याईएको थियो ।
केही समय क्याम्पस परिसरमै आराम गरेपछि हरेकलाई उनीहरुको गृह जिल्लासम्म पुर्याउने ब्यवस्था मिलाईएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले जनाकारी दिईन । यद्यपी उनीहरु मध्ये केही क्वारेन्टाईन छाडेर हिडेका थिए ।

नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई विभिन्न मनकारी मनले अलपत्र परेकै ठाँउमा पुगेर पानी तथा चाउचाउ जस्ता ड्राईफुड बितरण गरेका छन् । लायन्स क्लव अफ ईनटरनशनल डिस्टिक ३२५ बि–२ का तर्फबाट फूर्व डिस्टिक गभर्नर सेम शाक्य तथा मधुसुदन शर्माको नेतृत्वमा सीमा क्षेत्रमा चाउचाउ, चिउरा तथा पानी बोकेर लायन युथ लिडर सरोबर प्रसाई जमुनाह पुगेका थिए ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज प्रहरी नायव निरिक्षक माधव रिजालको पहलमा चाउचाउ र पानी वितरण गरिएको थियो । नोबेल कोरोनाको कारण सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको सहयोगको लागि नेपाल आयल निगम नेपालगञ्ज कार्यालय राँझाका कार्यालय प्रमुख नवविनोद पोखरेलले दश हजार सहयोग गरेका छन् ।

लायन्सकर्मी तथा स्थानीय प्रहरी, सशस्त्र प्रहरीको सक्रियतामा दशगजा र भारतीय प्रहरी चौकी अगाडि रहेका अलपत्र परेका नेपालीलाई प्रत्यकलाई एक बोतल पानी र एक प्याकेट चाउचाउ वितरण गरिएको थियो ।

दुबै देशबीच एम्बुलेन्स, विरामी, पट्रोलियम पदार्थ, खद्यान्न, औषधि जस्ता अत्यवाश्यक वस्तु आवागमनलाई चेकजाँच गरी आवत जावत गर्न दिने तर सर्वसाधारण सिमा क्षेत्र शिल गर्ने सहमति भएपनि भारतीय पक्षले भने भारतबाट नेपाल आउनेलाई आवगमनमा नरोक्दा असहज भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

प्रहरीका ६१ प्रतिशत मुद्दाको ‘डिजिटल अभिलेख’