सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावल पदमुक्त


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । मुख्यमन्त्री रावलले बिहीबार प्रदेश सभामा राखेको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएपछि उनी स्वतः पदमुक्त भएका हुन् ।

मुख्यमन्त्री रावलले बिहीबारको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए । त्यसलाई सभामुखले निर्णयका लागि पेस गरेका थिए । ध्वनी मतबाट गरिएको मत विभाजनको प्रस्तावको विपक्षमा धेरै सांसदले हात उठाएकाले विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका थिए ।

ठूलो दलको नेताको हैसियतले कांग्रेसका शाह मुख्यमन्त्री बन्दै
प्रदेश प्रमुख नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा


प्रदेश सभामा उपस्थित बहुमत सांसदहरुले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत गरेपछि मुख्यमन्त्रीले पद गुमाएका छन । गत पुस २७ गते रावललाई मुख्यमन्त्री बनाउन नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो तर विश्वासको मत लिने समय सीमा सकिँदा नागरिक उन्मुक्ति पार्टीको उपस्थिति भएको थिएन ।

नागरिक उन्मुक्तिको उपस्थितीबिना नै मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको सुदूरपश्चिम प्रदेश सभाको बैठक शुरु भएको थियो । नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद रहेका छन् । २७ पुसमा नागरिक उन्मुक्ति पार्टीसमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

नेकपा (एमाले) का नेता रहेका मुख्यमन्त्री रावलको पक्षमा एमालेका १० जना, नेकपा (माओवादी केन्द्र) सभामुख सहित ११ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी १ जना नागरिक उन्मुक्ति पार्टीका ७ जना गरी २९ जनाको समर्थन रहेकोमा बिहीबार प्रदेश सभामा विश्वासको मत लिने बेला नागरिक उन्मुक्ति ७ जना सांसद अनुपस्थित हुँदा बहुमत नपुगेपछि बिहीबारै रावलले मुख्यमन्त्री पद गुमाएका छन् ।
५३ सदस्यीय यो प्रदेश सभामा बहुमतका लागि २७ जना सांसदको आवश्यक पर्छ । प्रदेश सभामा कुनै पनि दलको बहुमत रहेको छैन् ।

ठूलो दलको नेताको हैसियतले कांग्रेसका शाह मुख्यमन्त्री बन्दै

यसैबीच मुख्यमन्त्री रावल पदमुक्त भएसँगै प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री भएका छन् । संविधानको धारा १६८ (२) अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशको ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

सुदूरपश्चिममा १९ सीट रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो । अब कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । उनले पनि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेको व्यक्तिले पनि विश्वासको मत नपाए १६८ (५) अनुसार संसदको कुनै पनि सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भए मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्नेछन् । तर, यसरी नियुक्त मुख्यमन्त्रीले पनि विश्वासको मत पाउन नसके मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले ६ महिनाभित्र अर्को प्रदेशसभा निर्वाचन हुनेगरी मिति तोक्नुपर्ने संवैधानिक व्यवस्था छ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसको १९, नेकपा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्र १/१ सांसद छन् ।

मुख्यमन्त्री रावल पदमुक्त भएपछि प्रदेश प्रमुख देवराज जोशी नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा जुटेका छन् । उनले प्रदेश सभाबाट मुख्यमन्त्री पदमुक्त भएको पत्र आएपछि नयाँ मुख्यमन्त्री नियुक्ति अघि बढाउने तयारी गरेका छन् । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेश ढुगानाले अर्को मुख्यमन्त्री नियुक्तिका विषयमा प्रदेश प्रमुख जोशीले परामर्श सुरु गरेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नेमकिपाको घोषणा पत्र : नेपाली मौलिक शैलीको आवासमा जोड