काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको संगठित अपराधको अभियोग संशोधन गर्न पर्सा जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश मोहन सुवेदीको एकल इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको संगठित अपराधसम्बन्धी अभियोग हटाउन मंगलबार आदेश दिएको हो ।
अदालतले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहने स्पष्ट गरेको छ । महान्यायाधिवक्ताको कार्यालयको स्वीकृतिपछि दायर गरिएको अभियोग संशोधनसम्बन्धी निवेदन कानुनसम्मत रहेको ठहर गर्दै अदालतले संशोधन प्रक्रिया अघि बढाउन अनुमति दिएको हो ।
विशाल सहनी गोढीलगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, पर्साले अभियोगपत्र संशोधनका लागि अदालतमा निवेदन दिएको थियो ।
यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग हटाउन अनुमति दिइसकेको छ । अदालतको पछिल्लो आदेशसँगै लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोगमा भने मुद्दा प्रक्रिया यथावत् रहने भएको छ ।
सम्बन्धित समाचार
प्रहरीले ताल्चा फुटाएपछि राजविराज तनावग्रस्त
बजेटवारे दलका प्रतिक्रियाः ‘ऋण लिएर घिउ खाएजस्तो’
बाह्र वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा
अन्तःशुल्क टिकटको गलत प्रयोगः ‘राजश्व कार्यालय’ चुप
अध्ययन बिदा दुरुपयोग गरेकाबाट सरकारले असुल ग¥यो १० करोड ४६ लाख
लालपुर्जा माग्दै १९ दिनदेखि नगरवासीद्वारा धर्ना
बजेटमा दोहोरिने विमानस्थल, त्रासमा बाँचिरहेका स्थानीय
फुल्चोकी भ्रमणमा मान्छे हराउने घटना बढ्दै गएपछि सावधानी अपनाउन आग्रह






