महोत्तरीमा ६ घण्टासम्म बन्धक बनाएर बालकमाथी निर्घात कुटपिट


होत्तरी । महोत्तरीको बर्दिबासमा एक बलकलाइ ६ घण्टासम्म बन्धक वनाएर निर्घात कुटपिट गरिएकाे छ ।

बर्दिबास-१२ बस्ने १४ बर्षिय इन्द्रजित कुमार महतोलाइ माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानियले निर्ममतापुर्वक कुटपिट गरेका हुन ।

पिडित परिवारकाअनुसार स्थानिय युवाहरु रन्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रन्जित चौधरीले ६ घण्टासम्म बन्धक वनाएर कुटपिट गरेका कारण बालककाे शरिरभरी चाेटपटक लागेकाे छ। स्थानिय प्रत्यक्षदर्शीका अनुसार पीडक युवाहरुले बालकलाइ माेटरसाइकलकाे पछाडी राखेर घिसार्दै आरोपित मध्येका सन्जित महतोको घरमा पुर्‍याएर ६ घण्टासम्म यातना दिएको पीडित परिवारले बताए ।

गत २३ माघमा भएकाे उक्त घटनाकाे अहिले खुलास भएकाे हाे । साे दिन १२ बजे नियन्त्रणमा लिएर बेलुका ६ बजेमात्र छाडेको पिडित वालक इन्द्रजित महतोले वताए । ‘मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा पुर्‍याए अनि डोरीले दुवै हात बाधेर झुण्ड्याएर कुटपिट गरे,' पिडित इन्द्रजितले रूदैँ भने, ‘खुकुरी देखाए, पैतालामा तारले कुटे, मलाई पानीमा मुन्टो डुवाए अनि पैतालामा पनि असहय हुनेगरी पिटे, टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे ।`

पिडित बालकको पैतालामा सिर्कनाले हानेको अझै निलडाम देख्न सकिन्छ । हिडडुल गर्न समेत समस्या वनिरहेको अवस्थामा उनी विद्यालय समेत जान सकेका छैनन ।

महतोको पछाडी ढाडमा लठ्ठीले हानेजस्तो सुम्ला देखिन्छन भने खुट्टामा समेत गहिरो निलडाम छ । निर्घात कुटपिट गरेर बेलुका छाडेपछी पिडित परिवारजनले गाउँमा नै रहेको सुरज वस्नेतको क्ल्निकमा पुर्‍याएर उपचार गरेका थिए । `उपचारमा मात्र २ हजार खर्च भयो, आम्दानीको स्रोत केही छैन,´ पिडित बालकका आमा कोशिला देविले भनिन । साे घटना पछि कोशिला देविलाइ समेत घरमा आएर ति युवाहरुले अभद्र व्यवहार गरेको थिए ।

पिडित वालकका वुवा भोला महतो बर्दिबास स्थित एक वेकरीमा काम गर्छन । आफ्नो छोरालाइ निर्घात कुटपिट गर्ने युवाहरुलाइ कडा कारवाही गर्न पिडित परिवारले माग गरेको छ ।

यता घटना भएको भोलिपल्ट नै प्रहरी चौकी हात्तिलेटमा निवेदन दिएतापनी प्रहरीले त्यस्को खासै वास्ता गरेको छैन । हात्तिलेट स्थित प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको बिषयमा जानकारी भएता पनि पिडितहरु नै जाहेरी दिन नआएको जिकिर गरेका छन । तर पिडित पक्षले प्रहरी चौकीवाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दावी गरेका छन ।

तर, प्रहरी उपरिक्षक प्रकाश मल्लले पनि घटनाको बिषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने वताएका छन । न्युजकारखानाबाट

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ