बाग्मतीमा फागुन पहिलो सातादेखि लाइसेन्सको नयाँ मापदण्ड

काठमाडौं । बाग्मती प्रदेशमा आगामी फागुन पहिलो सातादेखि चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा नयाँ मापदण्डअनुसार हुने भएको छ ।

बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले ३ फागुनबाट चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न लिने ट्रायलमा सय पूर्णांकमा ७० अंक ल्याए उत्तीर्ण हुने प्रणाली लागू गर्ने भएको हो । सोमबार बिदा परेको र मंगलबार लिखित परीक्षा गरेर बुधबार पहिलोपटक ७० अंकभार प्रणाली लागू गरिने कार्यालयले जनाएको छ ।

यातायात व्यवस्था विभागले यसअघि नै यो प्रणाली लागू गर्न खोजे पनि प्रदेश मुख्यमन्त्री कार्यालयले रोक्दै आएको थियो । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको चौथोपटकको प्रयासपछि यो प्रणाली लागू हुने भएको हो ।

बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले काठमाडौं उपत्यकाका चार र हेटौंडाको एक स्थानसमेत पाँच ठाउँका यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयले लाइसेन्सको प्रयोगात्मक परीक्षा लिने जनाएको छ । परीक्षार्थी सय पूर्णांकमा ७० अंक प्राप्त गरेमा प्रयोगात्मक परीक्षा उत्तीर्ण हुनेछन् ।

काठमाडौंको भक्तपुर, चाबहिल, ठूलोभ-याङ र एकान्तकुनाका यातायात कार्यालयले परीक्षा लिनेछन् ।

देशका चारवटा प्रदेशमा लागू भइसकेको अंक प्रणाली बाग्मतीले भने गत असोजदेखि तीनपटक रोकेको थियो । यसअघि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले गत असोज २ गते र मंसिर १८ गते प्रणाली लागू गर्न रोक लगाएका थिए ।

हाल दैनिक ५८ सयदेखि ६ हजार लाइसेन्सको माग छ । लाइसेन्स छाप्ने एउटा मात्र मेसिन भएकाले दैनिक ४४ सयको संख्यामा मात्र लाइसेन्स छापिने गरेको छ । करिब ७ लाख लाइसेन्स अझै छाप्न बाँकी छ । लाइसेन्सको मागलाई ध्यानमा राखेर विभागले नयाँ मेसिन खरिदका लागि टेन्डर आह्वान गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम