अनेरास्ववियुको २३ औं महाधिवेशन आजदेखि सुरू

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुको २३औं महाधिवेशन मंगलबारदेखि सुरू हुने भएकाे छ ।

काठमाडौंकाे कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ अनेरास्ववियुले २३ औं महाधिवेशन गर्न लागेको हो ।

७ वर्षपछि हुन लागेको यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाे छ । अनेरास्ववीयुको अध्यक्ष पदका लागि आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिवमा समिक बडालले दावी गरिरहेका छन् । साेही महाधिवेशन बुधबारसम्म चल्ने भएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?