‘लकडाउन’मा यी काम गरे ६ महिना कैद हुनसक्छ

काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने भन्दै एक साताका लागि सिंगै मुलुकमा ‘लकडाउन’ गरेको छ ।

फ्रान्सवाट काठमाडौं फर्किएका एक जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले मुलुकलाई ‘लकडाउ’ गर्ने निर्णय गरेको हो ।

सरकारले सोमवार गरेको निर्णय अनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । लकडाउन उल्लंघन गरेमा जो कसैलाई ६ महिनासम्म कैद साजय हुन सक्छ ।

कर्फ्यु भन्दा के कुरामा फरक छ ‘लकडाउन’?

‘लकडाउन’लाई धेरैले कफर््युकै रुपमा बुझेका छन् । नेपाली समाजले कर्पm्युको अनुभव बटुले पनि ‘लकडाउन’ को अनुभव पहिलो पटक गर्दैछन् ।

बाँके, कैलालीलगायतका जिल्लामा सोमवार दिउसैदेखी कफर््यु सुरु भएको थियो । कैलाली जिल्ला प्रशासन कार्यालयले कर्पm्यु आदेश जारी गरेको थियो भने बाँके जिल्ला प्रशासनले ‘जनता कर्पm्यु’ घोषणा गरेको थियो । जुन शब्द प्रयोग गरिएपनि आम नागरिकले बुझ्नु पर्ने कुरा यो अवधिमा प्रशासनको अनुमति विना कँही कतै हिँडडुल गर्न पाइन्न ।

कर्पm्यु प्राय आन्दोलनको समयमा आन्दोलनकारीले उग्ररुप प्रस्तुत गरेपछि लाग्ने गरेको थियो । अहिलेको स्थिती फरक छ । कुनै आन्दोलन भएको छैन र आन्दोलनकारीले उग्ररुप प्रस्तुत गरेका पनि छैनन् ।

आन्दोलन भन्दा ठूलो महामारी

अहिले विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको र यहि संक्रमणको कारण विश्वमा ११ हजार बढीको मृत्यु भैसकेकाले नेपालमा पनि संक्रमण नदोहोरियोस् भन्नका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको हो ।

यो अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउनमात्र पाइन्छ । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यू जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यू र लकडाउन फरक कुरा हुन् ।

लकडाउनमा के गर्न पाइन्छ, के गर्न पाइदैन

लकडाउनको बेला पत्रकारहरुले पनि आफुखुसी हिँडडुल गर्न पाउदैनन् । जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पास लिएर मात्रै हिँडन पाइन्छ ।

औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट हुन्छ । यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सञ्चालन हुन पाउँछन् । काेही बिरामी परे र अस्पताल जान पर्ने भयाे भने एम्बुलेन्स मार्फत अस्पताल जान सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्धक्क भएर मतदान गर्नुस् : प्रधानमन्त्री