मानव सभ्यताको उद्गम हिमवत््खण्ड नेपाल विभिन्न टुक्रामा विभाजित हुँदै आयो । हिमतखण्ड भनेको उत्तरमा कैलाश–मानसरोवरदेखि दक्षिणमा गंगा, पूर्वमा ब्रह्मपुत्र पश्चिममा हिन्दूकुशसम्मको भूभाग हो । गंगादेखि हिन्द महासागरसम्मको भाग भारतखण्ड हो । चन्द्रगुप्त द्वितीयका छोरा समुन्द्र गुप्तको प्रयागको अभिलेखमा ‘कामरूप (आसाम) र कर्कपुर (कुमाऊँ र गडवालक्षेत्र सबै) को बीचको देशलाई ‘नेपाल’ भनी लेखिएको छ । यो देवभूमि–पूण्यभूमि हिमवत््खण्ड–नेपाललाई भारतखण्डले ठूलो महत्व राख्दै आएको छ । हिमवत््खण्ड नेपालको विषयलाई लिएर वशिष्ट उपनिषद्मा वशिष्ट ऋषिले ‘भारतखण्डे उत्तरायणे हिमालय तटे, स्वर्णभूमि स्वर्गभूमि–हिमवत््खण्ड’ भनी उल्लेख गरेका छन् । कालीदासले पनि कुमार सम्भवको पहिलो श्लोकमा ‘हिमालय पर्वतको पूर्व–पश्चिमसम्मै यो आर्यभूमि हो’ भनेका छन् । हिमवत््खण्ड–नेपालमा अनादिवासी, आदिवासी र आप्रवासी तीन प्रकारका बासिन्दा बसोबास गर्दै आएका छौं । ब्राह्मण, क्षेत्री, नेवार, तरार्ईका मिथिलावासी, अवधि ब्राह्मण, क्षेत्री अनादिवासी हुन् । मगर, गुरुङ, तामाङ, थकाली, राई, लिम्बू, शेर्पा, राजवंशी, थारू, धिमाल आदिवासी हुन् । अनादिवासी र आदिवासीबीच झगडा गराएर नेपालीको एकतालाई कमजोर बनाउने परचक्री पनि त्यत्तिकै सक्रिय छन् त्यसैले हामी को हौं, हाम्रो उठान कहाँबाट भएको हो, त्यसको लेखाजोखा नगरी नेपालीको एकतामा भाँजो हाल्ने कार्य केही वर्षदेखि भइरहेको छ ।
नेपालमा बसोबास गरेर व्यापार गर्दै आएका माडवाडी र बंगाली पनि आप्रवासी हुन् । यिनीबाट पनि नेपाललाई नोक्सान पु¥याउने काम भएको छैन । तरार्ईमा नेपालको पूर्वदेखि पश्चिमसम्म आदिकालदेखि थारूहरूको बसोबास छ । कोसी पश्चिमका तरार्ई जिल्लामा राजवंशीको बसोबास छ । थारू र राजवंशी नेपालका सच्चा देशभक्त हुन् । त्यसबाहेक तरार्ई क्षेत्रमा पहाडी मूलका कैयौं जातिको पनि युगौंदेखि अर्थात् पृथ्वीनारायण शाहभन्दा अगाडिदेखि बसोबास रहँदै आएको छ । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरण गर्नुभन्दा अगाडि तरार्ईमा सेनवंशी हिन्दूपति राजाको शासन थियो । पाल्पालगायत मकवानपुर हुँदै टिस्टासम्म सेनवंशीको राज्य थियो । सेनवंशी राजाको समयमा तरार्ईमा नेपाली भाषा र विक्रम संवत् चलनचल्तीमा थियो । त्यसबेला नेपाली भाषा सरकारी लेखापढीको भाषा र विक्रम संवत् सरकारी संवत् रहेको कुरा अभिलेख संग्रह चौथो भागदेखि बारौं भागसम्म नयनाथ पौडेल, रामजी नेपाली, धनवज्र वज्राचार्य, देवीप्रसाद भण्डारी, गौतमबज्र बज्राचार्य, भोलानाथ पौडेल, महेशराज पन्त, शंकरमान राजवंशीले विक्रम संवत् २०१६ सालदेखि २०२० सालमा प्रकाशित गरेका छन् । उक्त अप्राप्य अभिलेख राष्ट्रिय पुस्तकालयमा सुरक्षित छन् ।
पृथ्वीनारायण शाहको एकीकरणभन्दा अगाडि तराईमा सेनवंशीको शासनकालमा मधेस भन्ने कुनै नाम निसान थिएन । तरार्ई क्षेत्र दक्षिण भारतको सीमा क्षेत्र हो । तरार्ईमा आउजाउ गर्न भौगोलिक हिसाबमा सजिलो छ । दक्षिणतर्फबाट नेपालमा छिरेका जाति मधेसी हुन् । तरार्ई क्षेत्रमा मधेस नामको कुनै गाउँ छैन, जिल्ला छैन । आफूलाई मधेस भन्नेहरू यहाँका आदिवासी होइनन् । भारतका अनेकौं राज्य (मध्यदेश, उत्तरप्रदेश) बाट काम गर्न आएका कामदार, घोडा व्यापारी, जुत्ता लगायत किराना व्यापारी, खच्चडमा घुम्ती व्यापार गर्दै आएकालाई मधेसी भनिन्थ्यो । अस्थायी बसोबास गर्दै आएका रमन्ते, घुमन्ते कामदार मधेसीको नामबाटै मधेसी नाम प्रचलनमा आएको हो । डा. अमरकान्त झा लेख्छन्, ‘तरार्ईवासीलाई बुझाउने मधेसी शब्दकहाँबाट प्रयोगमा आएको हो ? राणाकालीन समयदेखि यो शब्द प्रयोगमा आएको छ । त्यसअघि तरार्ईमा स्थायी बसोबास गरिरहेका समुदायले आफूलाई मधेसी भनेको कुनै दस्तावेज छैन । रूपन्देहीदेखि झापासम्म बसोबास गर्ने तराईवासीलाई मधेसी कसरी भन्ने हो । मधेस शब्द भएको सोचलाई स्वीकार गर्ने स्थिति छैन ।’
नेपाल’bout कालीदासले कुमार सम्भवको पहिलो श्लोकमा हिमालय पर्वतको पूर्व–पश्चिमसम्मै यो आर्यभूमि हो भनेका छन्
मधेसी भन्दैमा तरार्ईका बासिन्दामध्ये थारू, राजवंशीझा, ठाकुर, यादव, देव, कुर्मी, डुम, मुसहर आदि थर र जाति अनादिकालदेखि नेपालमा बसोबास गर्दै आएका आदिवासी बासिन्दा हुन् । जनकपुरधाम मधेस होइन, लुम्बनी मधेस होइन । पूर्वतर्फ विराट क्षेत्र मधेस होइन । विराट राजाको राज्यकालदेखि अहिलेसम्म कोसी पूर्वका क्षेत्रलाई मधेस भनिँदैन । मिथिला प्रदेश एउटा सभ्यताको केन्द्र हो । त्यस्तै, लुिुम्बनी गौतम बुद्धको जन्मस्थल मधेस होइन । स्मरणर होस्, नेपालका शाहवंशीय राजा रणबहादुर शाहले झा बाहुनकी छोरी विवाह गरेका थिए । तिनकै गद्दीसीन छोरा गिर्वाणविक्रम शाह शाहवंशीय राजा नेपालको राजसिंहासनमा बस्दै आएका छन् । यो बुझ्न मिथिलालाई सम्झनु उचित हुन्छ । मिथिला जनकपुरधाम अनादिकालदेखिको सभ्यता र संस्कृतिको उपज हो । तरार्ईमा बसोबास गर्दै आएका मुसलमान, माडवारी, राई, लिम्बू, बाहुन–क्षेत्री आदि मधेसी होइनन् । तरार्ई क्षेत्रलाई समृद्ध बनाउन राजा महेन्द्रबाट महेन्द्र राजमार्ग, बाटाघाटा निर्माण, कृषिलाई उत्पादनमूलक बनाउन अनकौं सिँचाइ कार्यक्रम, औद्योगिक क्षेत्र र उद्योगको निर्माण, अस्पताल लगायत अनेकौं कार्यक्रम लागू गरेर समृद्ध बनाउन सकेको कुरालाई कुनै तरार्ईवासीले बिर्सन सक्दैनन् ।
तराईको विकास गर्ने भनेर अहिले नेपाल कम्युनिस्ट पार्टी केपी ओलीको सरकारले ‘तरार्ई–मधेस समृद्ध अभियान’ नामक संस्था खोलेर तरार्ईमा छानीछानी कम्युनिस्टलाई बाँड्ने काम भएको छ । यसका लागि मन्त्री लालबाबु पण्डित सक्रिय छन् । २०६३ सालको आन्दोलनपछि गिरिजाप्रसादको नेतृत्वको सरकारका गृहमन्त्री कृष्ण सिटौला नागरिकताको प्रमाणपत्रमा संशोधन गराएर घरघरमा गएर भारतीय नागरिकलाई नागरिकताको प्रमाणपत्र वितरण गरियो । त्यसबेला ४० लाख भारतीयलाई नेपाली नागरिक बनाइयो । २०६३ सालपछि संविधान संशोधन गरिएर जसरी भारतीयलाई नेपाली नागरिक बनाइयो, त्यसको छानबिन गर्न शक्तिशाली अधिकार प्राप्त उच्चस्तरीय नागरिक छानबिन आयोग गठन गरी अनागरिकलाई वितरण गरिएका नागरिकताको प्रमाणपत्र खारेजी गराउने निर्णय गरिनुपर्छ ।
हिमवत््खण्ड नेपालमा वेद, उपनिषद्, पुराणहरू तथा अनेकौं नीतिशास्त्रको जन्म भएको र यस क्षेत्रलाई यहाँका हिमाल र नदीले जसरी सिञ्चित भएको छ, त्यसरी नै अनेकौं तेजस्वी श्रृषिमुनिका तपबाट ज्ञानका अजस्रधारा बग्न पुगेका छन् । सप्तगण्डकीमा काश्यप ऋषि, पुलस्त्य ऋषि, कोसी किनारमा कौशिक ऋषि (विश्वामित्र), गोर्खामा वेदव्यास, तत्वज्ञानी दार्शनिक राजा जनकको राज्यमा याज्ञवल्क्य, गार्गी मैत्रेयी, गण्डकमा वाल्मीकि ऋषि, बाग्मती किनारमा ‘ने’मुनि नामका ऋषि र ऋग्वेदमा किरातीका ऋषि आकुनीले ख्याति कमाएको उल्लेख छ । वेद, श्रुति, स्मृति तथा योगको ज्ञानले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले विश्वमा हिमवत््खण्ड नेपाललाई मानव सभ्यताको उद्गम र विश्वसभ्यताको ज्येष्ठ भूमि मानिएको छ । यही भूमिमा गौतमबुद्धको जन्म भएर विश्वभर बुद्धको प्र्रकाश छरिएको छ । भनिएको छ, ‘बोधिसत्य महासत्यः, स्वयम्भू चैत्य नमाम्यहं ।’
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेका थिए,
‘यो नेपाल तखत किल्ला हो । सबै जात छत्तीसै वर्णको यो असल हिन्दूस्थान हो ।’ यस अवस्थामा नेपालका अनादिवासी, आदिवासी तथा आप्रवासीले पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई आफ्नो मूल नीति मानेर युगयुगान्तरसम्म अखण्ड–नेपालको अस्तित्व कायम राख्न सबै राजनीतिक दल तथा सबै क्षेत्रका नेपाली जनता सक्रिय बन्नुपर्छ । पृथ्वीनारायण शाहले हिमवत््खण्डका ५४ ससाना हिन्दू राज्यलाई एकीकरण गरेर विश्वमा नेपाल एक मात्र हिन्दू अधिराज्यका रूपमा देखा परेको हो । नेपालको स्थापनाकालदेखि राजसंस्था र हिन्दू अधिराज्य रहेकाले संसारमा आफ्नै मौलिकतामा उभिएको पुरानो सार्वभौम राष्ट्र हो । त्यसैले नेपालसँग भारतको तुलना हुन सक्तैन । यस स्थितिमा नेपालको सार्वभौमसत्तासँग जोडिएको गौरवमय सांस्कृतिक राष्ट्रवादलाई जीवित राख्न नेपालको राष्ट्रिय एकता, हिन्दू तथा बौद्धको गौरवमय पहिचानलाई बचाएर युगयुगान्तरसम्म राख्न सकौं । सरकार निर्दयी बन्नैपर्छ । यसका लागि बजार अनुुगमन बढाउनुपर्छ । विगतमा चुनावमा टिसर्ट र क्याप बाँड्ने राजनीतिक दलले गरिबगुरुवालाई मास्क वितरण गर्दा जनता लाभान्वित हुन्थे । उनीहरूको ध्यान यतातर्फ पनि जान जरुरी छ ।






