पठान–२ का लागि सहमत भए शाहरुख

मुम्बई । बलिउड अभिनेता शाहरुख खान लामो समयपछि फिल्म पठानबाट फेरि चर्चामा आएका छन् । यस फिल्मले भारतमा मात्र तेस्रो सातासम्ममा ५ सय ११ करोडको व्यापार गरेर अहिलेसम्मकै उच्च कमाइको रेकर्ड बनाएको छ ।

यस फिल्मले सर्वाधिक सफलता हाँसिल गरेपछि यतिबेला उनलाई पठानको निर्माण टिमले पठान–२ बनाउन प्रस्ताव गरेको छ । यसअघि पठान–२ नबनाउने बताएका शाहरुख यतिबेला भने पठान–२ का लागि तयार भएका छन् ।

‘दर्शकबाट पठान–२ का लागि अत्यधिक माग आएको छ,’ शाहरुखले भनेका छन्, ‘हुन त हामीले पठान–२ का ’boutमा अहिलेसम्म सोचेका थिएनौं तर दर्शकबाटै व्यापक माग आएका कारण हामी पठान–२ को पक्षमा छौं ।’ उनले आफ्ना दुई फिल्म डंकी र जवानको काम सकेपछि पठान–२ का ’boutमा काम गर्ने विचार व्यक्त गरेका छन् ।

यस फिल्मले अझै पनि देश विदेशमा व्यापार गरिरहेको छ । फिल्मले विश्वव्यापी रूपमा हजार करोडको व्यापार गर्न लागेको वितरण पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाह किन पुगे भक्तपुर ?