आर्थिक अवस्था कमजोर भएकी सरस्वतीले जन्माइन् तिम्ल्याहा

राजविराज । सप्तरीकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । रूपनी गाउँपालिका–१ रायपुरकी सरस्वती रामले मंगलबार तीन बच्चा जन्माएकी हुन् ।

प्रसूति व्यथाले च्यापेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएकी उनले शल्यक्रियामार्फत एकैपटक तीन सन्तानको जन्म दिएकी हुन् । तिम्ल्याहा बच्चामध्ये दुई छोरा र एक छोरी छन् । तीनवटै बच्चाको तौल भने कम रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

पहिलो बच्चा (छोरा) को तौल १ दशमलव ६६० केजी, दोस्रो (छोरा) को तौल १ दशमलव ४८० केजी र तेस्रो (छोरी) को तौल १ दशमलव ६६१ केजी छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २ दशमलव ५ केजी हुनुपर्ने चिकित्सक बताउँछन् । बच्चालाई बुधबारदेखि अस्पतालद्वारा इन्कुवेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पु¥याउने काम भइरहेको परिवारजनले जनाएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले परिवारजनले सहयोगका लागि आग्रहसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ आयोजना हुने