अर्याल दक्षिण सुडान प्रस्थान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडान प्रस्थान गरेका छन् । दक्षिण सुडानमा सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयू) तैनाथ छ ।

मेडल परेडका साथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघ प्रतिनिधिसँग भेटवार्ता र छलफल गर्ने कार्यक्रम छ ।

मिसन थप गरी बढीभन्दा बढी तल्लो तहका कर्मचारीलाई प्राथमिकतामा राखी मिसनको अवसर प्रदान गर्नेमा महानिरीक्षक अर्यालको जोड छ ।

सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसनअन्तर्गत पहिलोपटक लाइबेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको हो । त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो कमाण्डरका रूपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हालेका थिए ।

सो मिसनमा हाल १ सय ८० सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् । सन् २०१६ मा दक्षिण सुडानकै दोस्रो एफपीयू मिसनका रूपमा बोर र बाउमा १ सय ४० जनाको टोली तैनाथ रहेकोमा सन् २०२१ मा सो मिसनसमेत बन्द भएको छ ।

लामो समयदेखि माली मिसनको चर्चा चले पनि महानिरीक्षक अर्यालले नेतृत्व सम्हालेदेखि नै सो मिसन’bout प्राथमिकता दिई विशेष पहल र चासो राखेपछि सशस्त्र प्रहरी बल नेपालका तर्फबाट अफ्रिकी मुलुक माली मिसनका लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्नेछ ।

सोमबार सुडानतर्फ प्रस्थान गरेका अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत बलका वरिष्ठ अधिकृतले बिदाइ गरेका छन् ।

अर्यालको अनुपस्थितिमा संगठनको नेतृत्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हाल्ने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

epaper

ताजा समाचार

नेप्से परिसूचक ४.६६ अंकले बढ्यो