काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि क्लोरोक्वाइन नामक औषधि सेवन गर्न सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । ट्रम्पको सो अभिव्यक्तिपछि सो औषधि खाँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती विरामी परेकी छन् ।
यो घटना अमेरिकाको एरिजोनाको हो । सो औषधि सेवनपछि बिरामी परेका श्रीमानको उपचारका क्रममा मृत्यु भएको हो । श्रीमतीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।
क्लोरोक्वाइन माछा राख्ने ट्यांकी सफा गर्ने औषधि हो । यो औषधि खाने दम्पती ६० वर्ष माथिका छन् । औषधि सेवनपछि बिरामी परेकी ती महिलाले क्लोरोक्वाइनको सम्भाव्य फाइदा’bout आफूले ट्रम्पको टेलिभिजन सम्बोधनमार्फत थाहा पाएपछि सेवन गरेको बताएकी छन् ।
ती दम्पती कोरोनाको संक्रमण थिएनन् । यद्यपि सम्भावित जोखिमबाट जोगिन क्लोरोक्वाइन सेवन गरेको उनको भनाइ छ । यो घटनापछि ट्रम्पको चर्को आलोचना भइरहेको छ ।






