उपराष्ट्रपतिमा जसपाबाट रामसहाय उम्मेदवार हुने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले उपराष्ट्रपतिमा पार्टीका नेता रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जसपा केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको कार्यकारिणी समितिका सदस्य प्रकाश अधिकारीले बताए ।

बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव जसपा संसदीय दलका नेता हुन् । जसपा अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्रका रूपमा रहेका पूर्वमन्त्री यादव जसपाको महासचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

कलैयास्थित पन्नादेवी उच्च माविमा शिक्षण पेसमा संलग्न रहेका यादव सरकारी शिक्षकबाट राजीनामा गरेर तत्कालीन मधेसी जनअधिकार फोमरमा लागेका थिए । मधेस आन्दोलनमा सक्रिय रहेका यादव प्रत्येक मधेस आन्दोलनमा बारा, पर्सा, रौतहटलगायतका जिल्लामा ‘कमान्डर’का रूपमा भूमिका निर्वाह गर्दै आएका थिए ।

राष्ट्रपतिको निर्वाचन बिहीबार सम्पन्न भएको छ । सम्पन्न निर्वाचनबाट रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् । उपराष्ट्रपतिको उम्मेदवारी २७ फागुनमा र निर्वाचन ३ चैतमा हुँदै छ ।

उपराष्ट्रपतिका उम्मेदवार यादव सत्तारूढ आठ दलीय गठबन्धनको साझा उम्मेदवार हुन् । गठबन्धनबाट उपराष्ट्रपति जसपाले पाएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, नाउपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेका छन् ।

सत्तारूढ आठ दलीय गठबन्धनमा जसपाबाट हुने उम्मेदवारलाई विजयी गराउने सहमति छ । नेकपा (एमाले)ले उपराष्ट्रपतिमा उम्मेदवार नदिएको खण्डमा रामसहाय निर्विरोध निर्वाचित हुने सम्भावनासमेत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 332 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गुठी संस्थानले सर्वोच्चलाई किन टेरेन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नागेशले पाए विराटनगरको नेतृत्व