सिसायुक्त पदार्थ र जनस्वास्थ्यमा असर

विश्वव्यापी अध्ययनमा एक महिलाले आफ्नो जीवनकालमा झन्डै दुई किलो लिपिस्टिक खपत गर्ने गरेको सन् २०२१ को तथ्यांक छ । जानकारहरूले नेपाली महिलाले हैसियतअनुसार मासिक ४ सयदेखि ३० हजारसम्म सौन्दर्य सामग्रीमा खर्च गर्छन् । धेरथोर पुरूषहरू पनि कम छैनन् । कस्मेटिक्समा रहने विषाक्तहरूले प्रजनन क्षमतादेखि क्यान्सर र मृत्युसम्म निम्त्याइरहेका छन् । विश्वमा लिडका कारण हरेक वर्ष ६ लाख बालबालिका अपांग हुन्छन्, तीमध्ये १ लाख ४३ हजारको मृत्यु हुन्छ । लिडको सम्पर्कबाट हुने दीर्घकालीन स्वास्थ्यसम्बन्धी समस्याहरूले बर्सेनि ८ लाख मानिसको मृत्यृ हुनेगर्छ । खोजमा धनी र सम्पन्न परिवारको तुलनामा गरिब परिवारको बच्चामा साढे तीनगुणा बढी र घरभित्रभन्दा बाहिर खेल्ने बच्चामा साढे चारगुणा बढी लिडको एक्सपोजर हुने गर्छ । विश्व स्वास्थ्य संगठनले सिसालाई विश्वव्यापी रूपमा जनस्वास्थ्यलाई असर पु¥याउने प्रमुख १० रसायनमध्ये एक घातक रसायन मानेको छ ।

सिसायुक्त पदार्थका कारण विश्वमा हरेक वर्ष ६ लाख बालबालिका अपांग हुन्छन्


पेन्टर, उद्योगमा र भवन जीर्णाेद्धारमा संलग्न कामदारहरूका साथै कस्मेटिक प्रयोगकर्तामा जोखिमता छ । लिडबाट सबैभन्दा बढी संवेदनशील बच्चाहरू र गर्भवती महिला हुन्छन् । रगतमा लिडको थोरै मात्राले पनि बच्चाको बौद्धिक विकास, शारीरिक बृद्धि, चालचलन, व्यवहार, सुन्ने तथा हेर्ने क्षमतामा नकारात्मक असर गर्छ । सालनाललाई पार गरेर भ्रूणलाई पनि असर गर्छ । लिडको सम्पर्कमा आइरहने गर्भवती महिलामा गर्भपतन हुने, बच्चा जन्माउने क्षमतामा कमी र बाझोपना ल्याउँछ ।

डरलाग्दा सौन्दर्य सामग्री

भनिन्छ मानिसको सुन्दरता उसको व्यवहार र आवेगमा हुन्छ, आवरणमा होइन । तर, हामी आफ्नो आवरणको सुन्दरतालाई प्राथमिकता दिई कस्मेटिक्सले आवरण सजाउँदा एकातिर पैसा खर्च अर्कातिर स्वास्थ्यमा नकारात्मक असर पारिरहेका छौं । स्याम्पु, लिपगार्ड, सन तथा कोल्ड क्रिममा ट्रेडमार्क चोरीदेखि लिएर अतिकम गुणस्तर र हानिकारक सामग्रीहरू धेरै फेला परेका छन् । शरीरलाई हानी गर्ने विश्वयापी चासोका रूपमा रहेका भारी धातुहरू स्वदेशी तथा आयातीत सौन्दर्य सामग्री परीक्षण गर्दा सिसा, मर्करी, आर्सेनिक, क्याडमियम, कोबाल्ट, निकेल, क्रोमियम, टिटानयिमको मात्रा मापदण्डभन्दा बढी रहेको पाइएका छन् । विश्व स्वास्थ्य संगठनले स्किन क्रिममा मर्करीको मात्रा १ पीपीएम तोके पनि अनुगमनमा १३ हजार ९ सय ५४ पीपीएमसम्म भेटिएका छन् । छालालाई गोरो पार्ने क्रिममा रहने मर्करीले स्नायुको काममा प्रभाव पार्छ । कलेजो, मिर्गौला, पिसाब नलीमा समस्या, छालामा दाग, रङ परिवर्तन ल्याउँछ । सिसाले मस्तिष्क र स्नायु प्रणालीमा हानी गर्छ, मानिसको व्यवहारमा असामान्य अवस्था, सिकाइ र सुनाइ मन्द बनाउँछ । गर्भवती र ६ वर्ष कमका बच्चामा सिसा सोस्नसक्ने क्षमता बढी रहन्छ । क्याडमियमले छालाको एलर्जी, छाला, मुटु, कलेजो र हाडको क्षय र रोग, उच्च रक्तचाप समस्या भएकाले क्यान्सर बनाउने गर्छ । आर्सेनिकले छालामा पाप्रा, दाग बस्छ, छालामा रक्तसञ्चारमा समस्या ल्याउँछ, फोक्सो, मिर्गाैला र कलेजोमा क्यान्सर गराउन सक्छ ।

लामो समयसम्म सिसाको सम्पर्कमा आइरहेमा मिर्गौलामा असर, नपुंसक, क्यान्सर र मृत्युसम्म हुनसक्छ


बिजुलीको तेल

मेसिनमा प्रयोग हुने तेल, ब्याट्री, भाँडाकुँडा र रङमा पाइने सिसा वा लिडले वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ, तर हामी अनभिज्ञ छौं । ग्रीलसम्बन्धी कामका लागि प्रयोग गरिने पोलिक्लोरिनेटेड बाइफिनाइल–पीसीबी रसायनयुक्त बिजुलीको तेलले दीर्घकालीनसम्म वातावरणमा रही वातावरण र जनस्वास्थ्यका लागि हानिकारक असर पारिरहेको हुन्छ । यस’boutमा सबैभन्दा बढी प्रभावित ग्रील उद्योगका मजदुर रहेका भए पनि ग्रील व्यवसायीमा संलग्न १४ प्रतिशतलाई मात्र जानकारी भएको तथ्यांक पनि बाहिर आएको छ । सिसा, फ्लोरिन तथा पीसीबी वातावरणमा फैलिएपश्चात् आँखा पोल्ने, छाला चिलाउने, श्वासनलीमा जलन, श्वासप्रश्वासमा समस्या, टाउको दुख्ने, स्मरणशक्तिको ह्रास, मानसिक असन्तुलन, रोग प्रतिरोध क्षमता कम गर्ने र क्यान्सर हुनसक्छ । तेलमा राखिने फ्लोरिन ग्यासले प्रदूषण फैलाउने तथा क्यान्सरसम्म लगाउनसक्ने भएकाले वैकल्पिक यन्त्रको प्रयोग गर्न उपयुक्त हुन्छ ।

घर रंगाउँदा पनि ध्यान

घरआँगन, फर्निचर रंगाउने चलन परापूर्वदेखि चल्दै आएको छ । रंगाउन कमेरो, गोबरदेखि बजारमा पाइने सिन्थेटिक पेन्ट्स, डिस्टेम्पर, इमल्सन, इनामेल, भार्निस, टचउड प्रयोग गरिन्छ । त्यसैगरी, होली तथा खुसीमा रङ, अबिर प्रयोग गरिने चलन छ । तर सो रङ तथा पेन्टमा विभिन्न रसायन र लिड–सिसा मिसाइने गर्दा जनस्वास्थ्य र वातावरणका लागि एकदमै खतरनाक भएका छन् । प्रकृतिमा पाइने निलो–खैरो रङको गह्रौं धातु लिड विशेषतः पेन्ट, ब्याट्री, धातुका सामान, खाना राख्न प्रयोग गरिने सेरामिकका भाँडा र माछा मार्ने बल्छी आदिमा प्रयोग भएको पाइन्छ । त्यस्तै सेरामिक, रंगीचंगी भाँडाकुँडा, खेलौना, महिलाले बोक्ने रंगीन पर्स तथा ब्यागहरू प्लास्टिक आदिमा पनि लिड, क्याडमियमजस्ता गह्रौ धातु रहन्छन् । रगतमा लिडको मात्रा बढी हुँदा बालबालिकामा पेट दुख्ने, खान मन नलाग्ने, मानसिक विकास रोकिने, कब्जियत, रक्तअल्पता र मिर्गौला फेलसमेत गराउन सक्छ । बालबालिका रिसाउने र एकान्त मन पराउनेजस्ता असामान्य आनीबानी तथा शारीरिक र मानसिक विकासमा असर परेको देखाउँछ ।

घरमा प्रयोग हुने रंगीन पेन्टमा सरकारले ५ असार २०७५ मा नयाँ मापदण्ड ल्याएर पेन्ट्समा ९० पीपीएमभन्दा कम लिड प्रयोग गर्न भनेको छ । अमेरिकास्थित सीडीसीका अनुसार रगतमा मन्द विष लिडको मात्रा ५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी हुनुहुँदैन, ४५ भन्दा बढी भए अस्पताल भर्ना गर्नुपर्छ र सयभन्दा बढी भए तत्काल मृत्यृ हुन्छ । अमेरिकी सरकारले अस्पतालका वार्ड, विद्यालय र घरमा १० माइक्रोग्राम प्रतिवर्गफिटभन्दा बढी लिड भेटिए आपत्कालीन अवस्था घोषणा गर्छ । सरकारले वातावरण ऐनलाई टेकेर ७ पुस २०७१ मा राजपत्रमा प्रकाशित गरी मापदण्ड ९० पीपीएम तोकेको छ ।

रङ प्रयोगबाट सिसाको मात्रा मानव शरीरमा प्रवेश गरी विश्वको कुल रोगमध्ये शून्य दशमलव ६ प्रतिशत लाग्ने गरेको छ । बाल्यावस्थामा सिसाको सम्पर्कमा आउनाले हरेक वर्ष करिब ६ लाखमा नयाँ रोगका साथै बौद्धिक, शारीरिक, मानसिक रूपमा अशक्त बनाउने विभिन्न अध्ययनले देखाएका छन् । सिसायुक्त रङको असर नांगो आँखाले नदेखिने र तुरून्तै रोग वा लक्षण देखा नपरे पनि बालबालिका तथा जोखिम वर्गमा शारीरिक, बौद्धिक मानसिक विकासमा नकारात्मक असर पार्छ । हरियो, निलो, रातो जस्ता चम्किला रङमा सिसाको मात्रा अत्यधिक भेटिएकाले विद्यालयमा अध्ययन गर्ने करिब ९५ लाख बालबालिकालाई बचाउन अभिभावक, उपभोक्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चालक र स्वर्य प्याब्सन, एनप्याब्सन सचेत हुन जरुरी छ ।

श्वासप्रश्वास, खाना र छालाका माध्यमद्वारा हाम्रो शरीरमा पसेपछि थोरै मात्राले पनि धेरै र निकै ठूलो नकारात्मक असर गर्नसक्छ । रातो रक्तकोषिकालाई मार्छ, फलस्वरूप अंग र तन्तुमा रगतले अक्सिजन पु-याउन सक्दैन । हाडको मासीमा असर पर्दा रातो, सेतो र प्लेटलेट रक्तकोषिकामा नकारात्मक असर पार्छ । धेरैजसो लिड हाडमा गएर बस्छ, जहाँ रक्तकोषिकाको उत्पादनमा कमी ल्याउँछ, हाडलाई चाहिने क्याल्सियमको उपलब्धतामा पनि कमी ल्याई हाडलाई अस्वस्थ, कमजोर बनाउ“छ । मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध पु¥याउ“छ । पेट दुख्ने, तौल घट्ने, कब्जियत हुने, अनिन्द्रा हुने, टाउको दुख्ने, छारेरोग, चिडचिडाहटका साथै मानिस अचेत हुने अवस्थामा पनि पुग्नसक्छ । धातुको स्वादमा बढी थुक आउने, खाना निल्न अप्ठेरो हुने, म्युकोसामा पहेंलोपना, मांशपेसी कमजोर, खरानी रङको खैरो अनुहार पनि बनाउँछ । लिड सल्फाइडले मार्जिनल सतही गिजामा खैरो–कालो रेखा ल्याउँछ । लगातार लामो समयसम्म सिसाको सम्पर्कमा आइरहेमा मिर्गौलाको कार्यमा असर, नपुंसक, क्यान्सर र मृत्यृसम्म हुनसक्छ ।

अन्त्यमा, घरको भित्ता चम्काउन, लामो समयसम्म टिकाइराख्न तथा ढुसी लाग्नबाट बचाउन र छिटो सुकाउन रङमा सिसाको प्रयोग गरिन्छ । सिसाको असरले साढे २ करोड मानिस प्रत्यक्ष रूपमा प्रभावित छन् । भारतमा सन् २०१३ पछि आयातीत कस्मेटिक्स पाँच वर्षका लागि अनिवार्य दर्ता गरिएको छ भने श्रीलंकामा नियन्त्रित, हानिकारक हुनसक्ने, साधारण गरी दुई भागमा विभाजन छ र दर्ता अनिवार्य छ । नेपालमा भने कसको कार्यक्षेत्र भन्नेमा नै अन्योल छ । उद्योग संख्या दिनहुँ बढ्दै जाँदा हरेक पालिकामा कम्तीमा एक प्राविधिक राखेर काम गरिनुपर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 354 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा