सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

आइतबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभा उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले सम्बन्धित सरोकारवाला र व्यवसायीलाई यस्तो आग्रह गरेका हुन् ।

उनले अब निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानी रकम समयमै दिइने भन्दै यस’bout सरकार गम्भीर भएको बताए । उनले निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समय सीमा लम्ब्याउने र लागत बढाउनेजस्ता समस्या समाधानका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

देशको समृद्धि र विकाससम्बन्धी निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गर्ने निर्माण व्यवसायी’bout आमजनताका गुनासोप्रति हाम्रो ध्यान गएको भन्दै उनले निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्ब्याउने र लागत बढाउनेजस्ता समस्या यस क्षेत्रमा देखिएको अब त्यस्तो नगर्न व्यवसायीलाई आग्रह गरे ।

यस्ता विषयमा निर्माण व्यवसायी अत्यन्त जिम्मेवार भएर काम गर्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘ठेक्का लिनुपूर्व व्यवसायको सामथ्र्य, मानव संशाधनको स्थिति र समयमै काम गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयको समेत अध्ययन आवश्यक छ ।’

निर्माण व्यवसायी संगठित भएर राज्यसँग समन्वयका आधारमा निर्माणका कामलाई तोकिएकै समय, तोकिएकै गुणस्तर र मापदण्डमा पूरा गर्ने प्रतिबद्धताका निम्ति महासंघको महŒवपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

देशको अर्थतन्त्र आत्तिइहाल्नुपर्ने परिस्थिति नरहेको बताएका प्रधानमन्त्री दाहालले नेपालसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति रहेको जानकारी दिए ।

अहिले देशको मुद्रास्फिति नियन्त्रणभित्रै रहेको र नेपाल बैंकर्स संघले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेको भन्दै उनले व्यवसायीलाई उत्साहित भएर काम गर्न आग्रह गरे । यसैगरी, उनले सार्वजनिक खरिद नियमावली संशोधन गर्दा अब निर्माण व्यवसायीको सहभागितालाई सँगै राखेर मात्र संशोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीलाई जतिसक्दो छिटो भुक्तानी दिने कार्यमा सरकार लागिपर्ने बताए ।

उनले अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ वर्तमान सरकारको ध्यान केन्द्रित भएको बताए । हाल देशको अर्थतन्त्र सजिलो अवस्थमा नरहे पनि आत्तिनुपर्ने अवस्था भने नरहेको प्रस्ट पारे ।

उनले सुशासन, सामाजिक न्याय र समृद्धिलाई सरकारले उच्च महत्व दिएको बताए । भौतिक पूर्वाधारको विकास विस्तार गर्ने निर्माण व्यवसायी नै समृद्धिको वाहक भएको बताउँदै प्रधानमन्त्री दाहालले व्यवसायीका जायज मागलाई सम्बोधन गरिने प्रतिबद्धता जनाए । व्यवसायीको अर्बाैं भुक्तानी रोकिएको बताउँदै प्रधानमन्त्री दाहालले यो समस्या समाधानका लागि पहल भइरहेको संकेत गरे ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले व्यवसायीसँग ‘मिलोमतो’ गरी सरकार अघि बढ्ने स्पष्ट पारे । निर्माण उद्योगका समस्या’bout आफू जानकार रहेको बताउँदै उनले समस्या समाधानका लागि नीतिगत रूपमा नै पहल भइरहेको बताए ।

उनले पुँजीगत खर्च बढाउँदै व्यापार घाटा कम गर्नु अहिलको मुख्य आवश्यकता भएको धारणा राखे । सांसद गंगा कार्कीले अर्थतन्त्र कमजोर हुँदा निर्माण उद्योग मारमा परेको बताए । पूर्वसांसद एवं महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पाले राजनीतिक अस्थिरताको मार निर्माण उद्योगले भोगेको बताए ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीको मागका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जायज माग पूरा नभएको खण्डमा व्यवसायी आन्दोलनमा जानुको विकल्प नभएको बताए । व्यवसायीको अर्बाैं भुक्तानी रोकिएको, ऐनकानुन अनुसार पाउनुपर्ने मोबिलाइजेसन पेस्की व्यवसायीेको नपाएको, काम गर्ने वातावरण नभएको लगायतका विषयमा अध्यक्ष सिंहले प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराएका थिए ।

महासंघका अध्यक्ष सिंहले हालसम्म निर्माण क्षेत्रले भोग्दै आएका विविध समस्या’bout सरकारको ध्यानाकर्षण गराएका थिए ।

महासंघका पूर्वअध्ययक्ष सुकुन्तलाल हिराचन, जयराम लामिछानेलगायतले व्यवसायी सफल भएमा मात्र राज्य सफल हुने भन्दै चाहेर पनि निर्माण व्यवसायीले काम गर्ने अवस्था नरहेको बताए ।

नेपाल चेम्बर अफ कमर्र्सका अध्यक्ष रोजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाललगायतले राजस्व संकलनमा कमी आउँदा अर्थतन्त्र धराशायी भएतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । सोही अवसरमा प्रधानमन्त्री दाहालले महासंघको मुखपत्र ‘निर्माण विशेषांक’को विमोचन गर्दै अग्रज निर्माण व्यवसायीहरू हरिप्रसाद पाण्डे, देवकृष्ण मानन्धर, प्रताप तामाङ र आइपी प्रधानलाई सम्मान गरेका थिए । सोही अवसरमा, महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी), महासचिव रोशन दाहाल, कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष मोहनप्रकाश आचार्य र निर्माणव्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङले निर्माण व्यवसायीका समस्या’bout सरकारको ध्यानाकर्षण गराएका थिए ।

सो कार्यक्रममा सहभागी अधिकांश व्यवसायीले हाल निर्माण व्यवसायीले भोग्दै आएका समस्या समाधानमा प्रधानमन्त्रीको भूमिका सकारात्मक हुने भन्दै आपूmहरूका माग पूरा गरिदिन आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'एमाले अध्यक्ष ओलीले पोखेको असन्तुष्टि वास्तविक होइन’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्दननाथकि उपप्रमुखको घोषणा विपन्न र असहायका लागि सुविधा खर्च गर्ने घोषणा