टर्कीका भूकम्पपिडित सहयोगार्थ संकलित रकम हस्तान्तरण

भिएना । केही समय अगाडी टर्की र सिरिया केन्द्रविन्दु बनाई गएको विनासकारी भूकम्पले धेरैको ज्यान जानुको साथै ठुलो भौतिक क्षति भयो। नेपाली श्रमिकहरुको गन्तव्य मुलुक रहेको टर्कीमा करिब दुइ हजार जति नेपाली छन् र भूकम्प प्रभावित क्षेत्र गाजियान्टेपमा रहेका केहि विद्यार्थी, घरेलु कामदार र होटेलमा काम गर्नेहरु भए पनि सबै नेपाली सुरक्षित रहेका थिए। भूकम्प गए देखि त्यहा रहेको गैर आवासीय नेपाली संघ टर्कीले निकै सक्रिय भूमिका खेली भूकम्प पिडित र त्यहाँ रहेका नेपालीहरुलाई सहयोग गरेको थियो।

गैर आवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्जल घिसिङ्ग, वरिष्ठ उपाध्यक्ष श्यामकला राईले भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सर्न सहयोग गरेका थिए भने महासचिव डा. बिनोद पौडेल र सचिव मोहम्मद जावेद भूकम्प प्रभावित क्षेत्रमा गई सहयोग गरेका थिए।

गैर आवासीय नेपाली संघ टर्कीले गरेको यस कार्यमा एक्यबद्धता जनाउदै एनआरएनए मेडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापाले १० दिनको अभियान चलाई आर्थिक संकलन गरेकी थिइन, जसबाट उठेको चार हजार एक सय उनाइस युरो, उनान्तीस सेन्ट जम्मा भएको थियो।

११३ औ श्रमिक महिला दिवसको अवसरमा गैर आवासीय नेपाली संघ, महिला विभागले मार्च १२ मा गरेको एक भर्चुयल कार्यक्रम उक्त रकम एनआरएनए मेडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापाको संयोजनमा त्यस कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरबाट गैर आवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ्गलाई हस्तान्तरण गरियो।

एनआरएनए मेडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापा अष्ट्रियाको लागि पर्यटन दुत समेत हुन।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम