एमाले संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ संसदीय दलको उपनेताको जिम्मेवारी पाएका छन् ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार दलको नेतामा नेम्वाङलाई मनोनित गरेका हुन् । पूर्वसभामुखसमेत रहेका नेम्वाङ अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा समेत एमाले संसदीय दलका उपनेताको जिम्मेवारीमा थिए ।

इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेम्वाङ २०६३ मा पुनस्र्थापित प्रतिनिधिसभाको सभामुख तथा पहिलो र दोस्रो संविधान सभाको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । २०५१ सालमा न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्रीको जिम्मेवारी समेत उनले सफल रूपमा निर्वाह गरिसकेका छन् ।

गतबिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए । पौडेल सोमबार राष्ट्रपतिको शपथग्रहण गर्दै गर्दा उनीसँग पराजित नेम्वाङ यता दलको उपनेता मनोनित भएको पत्र अध्यक्ष ओलीबाट पाएका हुन् ।

गत आइतबार अध्यक्ष ओलीले संसदीय दलको प्रमुख सचेतकमा सांसद पदम गिरी र सचेतकमा अर्का सांसद महेश बर्तौलालाई नियुक्त गरिसकेका छन् ।

गिरी प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटमा केही समय स्वास्थ्यमन्त्री समेत बनेका थिए । राष्ट्रपति निर्वाचनको सत्ता–समीकरणमा आएको फेरबदलसँगै एमाले सरकारबाट बाहिरिएपछि गिरीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

गिरी पर्वतबाट दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् भने बर्तौला मकवानपुर–२ बाट पहिलोपटक प्रतिनधिसभा सदस्यमा निर्वाचित भएका हुन् । प्रतिनिधिसभाको निर्वाचन भएको चार महिनापछि एमालेले संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक पाएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गण्डकीमा सत्तारुढ दलहरुबिच गठबन्धन गर्ने सहमति