सेयर बजार १४ अंकले घट्याे

काठमाडौ । साताको चौथो कारोबार दिन बुधबारबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ । सेयर बजार नेप्से सुचकमा १४.४४ अंकले ओरालो लागेर १९३८.६२ विन्दुमा आएर रोकिएको छ। 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.०३ अङ्कले घटेर ३६५ विन्दुमा पुगेको छ।
यसअघि मंगलबार भने सेयर बजार नेप्से सुचकमा १.८५ अंकले उकालो लागि १९५३.०६ विन्दुमा आएर रोकिएको थियो । 

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआइसि एसिया शीर्ष स्थानमा छ। यसको १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सानिमा माई हाइड्रोपावरको ७ करोड १६ लाखभन्दा बढीको कारोबार भएको छ।

यता १३ उपसुचकहरुका मध्ये ट्रेडिङ सुचक बाहेक सबै कम्पनीमा ओरालो लागेको छ । आजको कारोबारमा युनिक नेपाल लघुवित्त र सुभम पावरको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यि कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायको शपथ रोक्न आयोगको निर्देशन