तेस्रो संक्रमित पनि भेटियो, आईसोलेसनमा राखेर उपचार हुँदै

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । कोरोनाको तेस्रो संक्रमित भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको छ । उनको उपचार शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । उनी खाडी मुलुकबाट आएका व्यक्ति भएको जानकारी प्राप्त भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या ३ पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम