चर्च ब्वाइजसँग आयोजक स्तब्ध

इटहरी । इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंसँग आयोजक राष्ट्रिय जागृति क्लब स्तब्ध बनेको छ ।

सोमबार भएको दोस्रो खेलमा चर्च ब्वाइज क्लबले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको हो । खेलको ४५औं मिनेटमा चर्च ब्वाइजका टिम क्याप्टेन मिलन राईले हानेको पेनाल्टी सुटआउट गोल गर्नबाट चुके पनि सोही बल फर्किँदा आशीष चापागाईंको प्रहार गोलमा परिणत भयो । यससँगै चर्च ब्वाइजले १ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो ।

पहिलो हाफमा १–० गोलअन्तरले अग्रता लिएको चर्च ब्वाइजले खेलको ६१औं मिनेटमा थप १ गोल गरेको थियो । टिम क्याप्टेन मिलन राईको पासमा मौसम लिम्बूले दोस्रो गोल गर्दै टिमलाई थप बलियो बनाए । यस्तै, चर्च ब्वाइजकै सन्तोष न्यौपानेले गोल गर्ने उत्कृष्ट अवसर पाए पनि गोल गर्न चुके ।

प्रतिस्पर्धात्मक भएको खेलमा आयोजक राजा क्लबले गोल गर्ने थुप्रै अवसर पाए पनि गोल गर्न चुक्यो । जसकारण आयोजकले २ का विरुद्व शून्य गोलमै सीमित रह्यो । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका प्रशान्त लक्ष्यम घोषित हुँदै नगद १० हजारसहित मेडल हात पारे ।

चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेपछि टिम कोच प्रदीप हुमागाईँले आफूहरूले रणनीतिक तरिकाले खेल खेलेको बताए । ‘हाम्रो उद्देश्य खेल हार्ने वा जित्ने भन्दा पनि रणनीतिक तरिकाले खेल्ने थियो,’ प्रेस कन्फ्रेन्समा बोल्दै उनले भने, ‘हामीले पहिलो गोल गरेपछि थप रणनीति अपनाएका थियांै, दोस्रो गोल गर्नु हाम्रा लागि चुनौती नै थियो ।’

यस्तै, आयोजक राजा क्लबका टिम मेनेजर दिवस राईले आफूहरूले जित्नेगरी खेले पनि प्रतिष्पर्धात्मक खेल खेलेको बताए । ‘हामीले प्रतिष्पर्धात्मक खेल नै खेलेका थियौं,’ उनले भने, ‘हाफपछि आक्रमक खेल्ने तयारी थियो, आक्रमक खेल्दा डिफेन्डिङमा चुक्यौं र दोस्रो गोल रोक्न असफल भयौं ।’

इटहरी रंगशालामा चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । गोल्डकपलाई कन्ट्रोल लुब्रिकेटले प्रायोजन गरेको छ । इटहरी उपमहानगरपालिकाको संयोजन रहने प्रतियोगिताका लागि खेलकुद विकास बोर्ड कोसी प्रदेशले १४ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको उपप्रमुखमा एमालेकी डंगोलले ल्याईन् समाजवादीको भन्दा तीन गुना बढी मत