ग्लोबल एक्सपोजरमा प्रेमेन्द्रद्वारा अन्तर्राष्ट्रिय फिल्म बजारको चर्चा

काठमाडौं । नेपाल इन्टरनेसनल फिल्म फेस्टिबल (निफ)मा विश्वव्यापी फिल्मको बजार’bout चर्चा गरिएको छ । महोत्सवको प्रमुख निर्णायक प्रेमेन्द्र मजुमदारले फिल्मको बजार विश्वव्यापी रूपमै जटिल बन्दै गइरहेको बताएका छन् ।

महोत्सवमा शनिबार मास्टर क्लास लिँदै उनले फिल्मको बजार’bout चर्चा गरेका हुन् । उनले विश्वमा आफ्नो सिनेकाको पहुँच कसरी पु¥याउन सकिन्छ भनेर पनि चर्चा गरे ।

सन् १९७६ देखि फिल्म सोसाइटी आन्दोलनमा सक्रिय मजुमदारले मास्टर क्लासमा आफ्ना फिल्म आन्दोलनका अनुभव पनि सुनाए । उनले सन् २०१० देखि २०१२ सम्म फिल्म सोसाइटीको अन्तर्राष्ट्रिय महासंघको एसियाली सचिवका रूपमा काम गरिसकेका उनी सन् २०१० देखि २०१४ सम्म भारतको फिल्म सोसाइटी महासंघ र २०१४ देखि २०१६ सम्म सोही महासंघको महासचिव थिए ।

कार्यक्रममा उनले आफ्ना चलचित्रहरूका लागि सम्भावित बजार पहिचान गर्ने’bout प्रकाश पारे । सो’bout आफ्नो परियोजना पिचिङ र बिक्रीका लागि रणनीति विकास गर्ने’bout पनि उनले मास्टर क्लासमा चर्चा गरे । अन्तर्राष्ट्रिय वितरक र खरिदकर्तासँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने’bout पनि उनले नेपाली सिनेकर्मीलाई जानकारी गराए ।

‘लोकल सिनेमा विथ ग्लोबल एक्सपोजर’ शीर्षकमा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको सो मास्टर क्लासमा उनले भने, ‘जब हामी सिनेमालाई विश्वव्यापी परिवेशमा लैजान्छौं, हामी हाम्रो जरा, हाम्रो भूमि र हाम्रो संस्कृतिलाई विश्वव्यापी रूपमा लैजान्छौं,’ मजुमदारले भने, ‘सिनेमा, एक श्रव्य–दृश्य माध्यम भएकाले, यसले हाम्रो स्थानीय मुद्दालाई विश्वव्यापी रूपमा लैजान सक्ने अन्तर्निहित गुण दिन्छ । यो गर्न सक्ने सबैभन्दा धनी माध्यम हो ।’

मास्टर क्लासले फिल्म निर्माणको आधारभूत कुराजस्तै सही विधा र फिल्म प्रकार छनोट गर्ने, त्यस्ता फिल्म बनाउन आर्थिक सहायता खोज्न ट्रान्जिसन गर्ने’bout पनि उनले कार्यक्रममा बताए । उनले नेपाली सिनेकर्मीलाई फिल्म फेस्टिभलमा प्रवेश गर्ने तरिका, फिल्म बजार र सेल्स एजेन्ट छनोट गर्ने’bout पनि जानकारी गराए । धेरै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि सल्लाहकार भएर काम गर्दाको अनुभव पनि मजुमदारले सो कार्यक्रममा सुनाए ।

बिहीबारबाट सुरु भएको यो महोत्सवमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन भइरहेका छन् । सोमबार विभिन्न फिल्मलाई अवार्ड प्रदान गर्दै यो महोत्सव सम्पन्न हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानियले भगवती चाैधरीसंग भने : यसपाली जिताएर पठाउछौं