चर्को ब्याजदरले होटल क्षेत्रमा समस्या

काठमाडौं । होटल व्यवसायीको छाता संस्था होटल संघ नेपाल (हान)ले चर्को दरमा बढेको बैंक कर्जाको ब्याजदर घटाएर एकल अंकमा ल्याउन माग गरेको छ । लामो समयदेखि बढेको चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाएर एकल अंकमा ल्याउन माग गरेको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै हानले व्यावसायिक सुरक्षाका लागि सम्बन्धित निकायसँग यस्तो माग गरेको हो । कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको अवस्थामा कर्जाको चर्को ब्याजदरले थप समस्या सिर्जना गरेको हानले जनाएको छ ।

यसैगरी, हानले होटल क्षेत्रमा प्रवाह भएको कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न समेत आग्रह गरेको छ । अहिले केही होटल सञ्चालनमा रहे पनि चालू खर्च धान्न समेत नसक्ने अवस्था आएको हानको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा ब्याज भुक्तानीमा थेग्नै नसकिने गरी भइरहेको निरन्तरको तागेता ’bout देशैभरिका प्रतिष्ठित सदस्य होटल प्रतिष्ठानबाट आएका गम्भीर प्रकृतिका गुनासोप्रति पनि यस संघको ध्यानाकर्षण भएको हानले जनाएको छ ।

यस सम्बन्धमा सरकारका नीति निर्माताहरू, संवद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको समस्या समाधानका लागि गरिएको पटक पटकको बैठक, ज्ञापनपत्र, सुनुवाईलगायतका प्रयासबाट हालसम्म पनि कुनै नतिजा नआएको भन्दै हानले जतिसक्दो छिटो आफ्नो माग सम्बोधन गर्न आग्रह गरेको छ ।

लिइएको ऋणको साँवा ब्याज बुझाउने जिम्मेवारी ऋणी स्वयंको हुँदाहुँदै पनि कोभिड महामारीको झन्डै तीनवर्षे अवधिमा स्वास्थ्य प्रोटोकल, लकडाउनलगायतका नियन्त्रणमुखी नीतिनियम स्वयं सरकारबाटै अवलम्बन भएको अवस्थामा महामारीको प्रत्यक्ष मारमा परी शून्यको अवस्थामा झरेको होटल व्यवसाय कारोबारलाई सरकारी वित्तीय मौद्रिकलगायतका आर्थिक नीतिनियममा कुनै सरोकार नराखी अन्य उद्योग व्यवसायलाई प्रदान गरिएको व्यवस्था एवं व्यहारबाट समेत वञ्चित गरिएकाले होटल क्षेत्र धराशायी अवस्थामा पुगेको हानले जनाएको छ ।

वर्तमानमा होटल सञ्चालनमा रहे पनि चालू खर्च धान्नसमेत कठिन भएकाले घाटामा सञ्चालित छन् भन्दै हानले देशको राष्ट्रिय वार्षिक बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको नेपाली होटल क्षेत्रलाई नेपाल सरकारले हालसम्म पनि उद्योगसरहको मान्यतासमेत नदिनु अत्यन्त खेदजनक भएको बताइएको छ ।

यसैगरी, हानले व्यवसायको आयबाट ऋणको साँवा ब्याज तिर्न सक्ने अवस्थामा पु¥याउन हालको विकास क्रममा विद्यमान विमानस्थल, राजमार्गलगायतका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन जस्ता अत्यावश्यक पूर्वाधारको विकास हुँदै गएमा सन् २०२५ भन्दा अघि सम्भव नरहेको धारणा राखेको छ ।

यसैगरी, हानले आफ्ना माग सम्बोधन नभए सदस्य होटलको हकहित संरक्षणमा व्यवसाय बन्द गर्ने समेतको विकल्पमा पहल गर्नुपर्ने बाध्यकारी परिस्थिति सिर्जना हुन नदिन सदैव सजग रहेको बताएको छ । पत्रकार सम्मेलनमा हानकी अध्यक्ष सिर्जना राणा, वरिष्ठ उपाध्यक्ष विनायक शाह, महासचिव शाजन शाक्यलगायतले हाल होटल व्यवसायीले भोग्दै आएका विविध समस्या’bout जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कूटनीतिक नियोग आराम गर्ने थलो !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा