प्रदीप र दीया उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड जितेका छन् । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा यी दुईले चलचित्र प्रकाशबाट उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड जितेका हुन् ।

२ चैतदेखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अवार्ड प्रदान गर्दै सोमबार राति सकिएको छ । नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको छ । सो चलचित्र निर्माता रामकृष्ण पोखरेलले ग्रहण गरे ।

यो महोत्सवमा अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड अ हाउस विथ नो नेम ः पाताल घर (बंगलादेश)ले, यस्तै, उत्कृष्ट छायांकनको अवार्ड राजेश श्रेष्ठ (प्रकाश)ले, उत्कृष्ट पटकथा र निर्देशकको अवार्ड सुजित बिडारी (ऐना झ्यालको पुतली)ले पाए । ऐना झ्यालको पुतलीबाटै रामकृष्ण पोखरेले उत्कृष्ट निर्माताको अवार्ड जिते ।

यस्तै, महोत्सवमा सर्टफिल्म निर्देशकको अवार्ड फिल्म दुविधाबाट प्रद्युम्न मिश्रले उत्कृष्ट सर्टफिल्मको अवार्ड मिन्सो लिम्बूको सर्ट फिल्म जुन्कोले, अन्तर्राष्ट्रिय सर्ट फिल्मको अवार्ड इरानको फिल्म द बुकले, एनिमेटेड ससर्ट फिल्मको अवार्ड द लिजेन्ड अफ गोल्डहन (स्लोभेनिया)ले प्राप्त ग¥यो । यस्तै, राष्ट्रिय वृत्तचित्रको अवार्ड कमल कुमारको द टाइगर्सले, उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड इन्डोनेसियाको सोल्स अफ द फरेस्ट र उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड बंगलादेशको मेमोरिज अफ ग्लुमी मनसुन्सले हासिल ग¥यो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अवार्ड समारोह समारोहमा विजेतालाई अवार्ड प्रदान गर्दै सिनेमाले विभिन्न देशका जनतालाई जोड्न डिप्लोम्यासी रोल गर्ने बताए ।

३५ देशका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेस्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो । पाँच दिनसम्म चलेको निफमा नौवटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए । प्रो.डा. इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि रान (चाइना)ले मास्टर्स क्लास सञ्चालन गरेका थिए ।

६ वर्षअघिबाट सुरु भएको यो महोत्सव अहिले नेपालको स्थापित महोत्सवका रूपमा साबित भइसकेको निफका अध्यक्ष केपी पाठकले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको पन्ध्रौं मेयर को हाेला ? (यस्तो छ इतिहास)