हरेक वर्ष आसार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै आएको छ । यो वर्ष १५आंैं धान दिवस मनाइनेछ । नेपालको धान–चामलको कुरा गर्दा चामल आयातको कुरा गरिहालिन्छ ।
२०७८–७९ मा २०७७–७८ भन्दा ५ लाख मेट्रिक टन कमको धान उत्पादन भएको छ । यद्यपि, २०७८–७९ मा मौसमअनुकूल हुँदा पनि आव २०७८–७९ मा धान उत्पादन घटेको छ । २०७८–७९ मा ५१ लाख ३० हजार मेट्रिक टन मात्र उत्पादन भएको देखिन्छ । तर, २०७७–७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएको यियो । २०७७–७८ भन्दा २०७८–७९ मा ४ लाख ९१ हजार मेट्रिक टन कम धान उत्पादन भएको देखिन्छ । २०७७–७८ को तुलनामा धानबाली लगाइएको क्षेत्रफल करिब ४ हजार हेक्टरको वृद्धि भए पनि उत्पादकत्व ९.०९ प्रतिशतले कमी आई उत्पादकत्व ३.४७ मेट्रिक टन प्रतिहेक्टरमा सीमित हुन पुगेको बताइन्छ ।
२०७७–७८ को तुलनामा २०७८–७९ मा गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ । २०७७–७८ को तुलनामा सुदूरपश्चिम प्रदेशमा ३१.४९ र लुम्बीनी प्रदेशमा १८.३८ प्रतिशतले उत्पादन घटेको हो । चैते धानको उत्पादन भने २०७७–७८ को तुलनामा ०.३३ प्रतिशतले वृद्धि भई ४.६८ मेट्रिक टन प्रतिहेक्टर पुगेको देखिन्छ ।
प्रत्येक वर्षको आषाढ मध्यमा देशमा राष्ट्रिय धान दिवस मनाउन थालेको १८ वर्ष पुग्न आँटेको छ । मूल त धानको औसत उत्पादकत्व विश्वमै निकै कम ३.५ मेट्रिक टन प्रतिहेक्टर रहेको अनुमान छ । एफएओका अनुसार सन् २०१८ मा विश्वमा धानको उत्पादकत्व ४.७ टन प्रतिहेक्टर रहको थियो ।
आव २०७५–७६ मा धानको उत्पादन १२ देखि १३ प्रतिशतले बढ्ने अनुमान रहेको थियो । २०७५–७६ मा मनसुनले राम्रो साथ दिएको हँुदा धान उत्पादन यतिले बढ्ने अनुमान गरिएको छ । पछिल्ला वर्षमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर रहेको छ ।
२०७५–७६ मा कुल ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन धएको छ । २०७४–७५ मा ५१ लाख ५१ हजार मेट्रिक टन चामल उत्पादन भएको थियो । २०७४–७५ भन्दा ९ प्रतिशतले धान उत्पादन बढेको छ । २०७४–७५ मा धानको उत्पादकत्व ३.५ प्रतिशत रहेकोमा २०७५–७६ मा उत्पादकत्व ३.६९ प्रतिशतले रहको छ ।
आधिकारिक स्रोतअनुसार नेपालमा आव २०७४–७५ मा १४ लाख ६९ हजार ५४५ हेक्टरमा धान रोपाइँ भएको थियो । सो धान खेती रापाइँ भएकोमा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७३–७४ मा नेपालमा १५ लाख ५२ हजार ४९६ हेक्टरमा धान रोपाइँ भएकोमा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन उत्पादन टन उत्पादन भएको थियो । आव २०७२–७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमिनमा धानखेती भएकोमा सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत जमिनमा धानखेती गर्ने गरिन्छ । नेपाल पहाडी देश भएको हुँदा नेपालको अधिकांश जमिन आकासे सिँचाइमा निर्भर रहिआएको छ ।
आव २०७५–७६ मा धानको उत्पादन बढ्यो । आव २०६२–६३ देखि २०७२–७३ सम्मको ११ वर्ष दुई वर्ष मात्रै ५० लाख टन धान उत्पादन भएको थियो । तीन वर्षयता धानको उत्पादन बढेको छ । २०७५–७६ मा २०७४–७५ भन्दा ४ लाख १२ हजार मेट्रिक टन बढी उत्पादन भएको थियो । यो उत्पादन देशको मागभन्दा अझै झन्डै १० लाख मेट्रिक टन कम हो । २०७५–७६मा बेलैमा वर्षा भएको तथा मलको वितरण पनि आवश्यकताअनुसार समयमा नै हुन सकेकाले उत्पादन बढेको आधिकारिक भनाइ छ ।
२०७४–७५ मा झन्डै २०–२४ अरब रुपैयाँको चामल आयात भएको थियो । २०७५–७६ को चार महिनामा नै १२ अर्ब रुपैयाँको बढीको चामल आयात भएको थियो । करिब ४ लाख मेट्रिक टन बढी उत्पादनले आयात घट्ने देखिँदैन । धान खेतको संरक्षण तथा आधुनिक र दिगो खेती प्रणालीले मात्रै माग धान्ने गरी उत्पादन बढाउन सकिन्छ ।
वार्षिक ७ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ । मागको करिब ५० प्रतिशत पनि मल उपलब्ध हुन सकको छैन । सरकारले आव २०७५–७६ मा मल खरिद गर्न ६ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । प्लटिङले धान खेत मासिँदै गएको छ ।
नेपाल पहाडी देश भएको हुँदा अधिकांश जमिन आकासे सिँचाइमा निर्भर रहिआएको छ
आव २०७१–७२ मा करिब २५ अर्बको चामल आयात भएको देखिन्छ । तर, धानको उत्पादनले कुल राष्ट्रिय उत्पादनमा करिब ६ प्रतिशत योगदान गर्ने भएकाले नेपालको अर्थतन्त्र धान उत्पादनमा आधारित रहेको मान्ने गरिन्छ । सन् १९८० का दशकसम्म नेपालले चामल निर्यात गर्ने गरेको भए तापनि हालका वर्षमा पनि अर्बौं रुपौयाँको चामल आयात हुँदै आएको छ ।
विश्वमा १ सयभन्दा बढी देशले १५ करोड ८० लाख हेक्टरभन्दा बढी जग्गामा धान खेती गरी करिब ७० करोड टन धान उत्पादन गर्दछन् । त्यसपश्चात् उतm धानबाट विश्वमा करिब ४७ करोड टन चामल उत्पादन हुने गर्दछ । नेपालको उतरी र दक्षिणी देश चीन र भारत विश्वकै सबभन्दा बढी धान उत्पादन गर्ने देश हुन् ।
आव २०७२–७३ मा नेपालमा १३ लाख ६२ हजार ९ सय ८ हेक्टरमा धान खेती भई ४२ लाख ९९ हजार ७८ मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार १ सय ५४ किलो ग्राम प्रतिहेकटर रहेको थियो । आव २०७२–७३ मा विश्वभरको चामल उत्पादन ४ सय ८१ मिलियन टन रहेको छ । विश्वमा चामल उत्पादनमा चीन, भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम, म्यानमार र थाइल्यान्ड मुख्य छन् ।
नेपालमा धान उत्पादन सन् २०६८–६९ देखि २०७२–७३ सम्म क्रमशः करिब ५० लाख, ४५ लाख, ५० लाख, ४७ लाख र ४२ लाख भएको देखिन्छ । त्यस्तैगरी, नेपालमा धान खेती भएको जग्गा सन् २०६८–६९ देखि २०७२–७३ सम्म क्रमशः करिब १५ लाख, १४ लाख, १४ लाख, १४ लाख र १३ लाख हेक्टर रहेको देखिन्छ । मौसमी अनुकूलताले आव २०६७–६८ मा नेपालमा ४४ लाख मेट्रिक टन धान फलेको थियो । तर, २०६६–६७ मा ४० लाख मेट्रिक टन मात्र उत्पादन भएको थियो ।
हरेक वर्ष नेपालको चामल माग करिब ३२ लाख मेट्रिक टन जति रहेको छ भने आन्तरिक उत्पादन पर्याप्त नहुँदा ५ देखि ६ लाख मेट्रिक टन चामल अपुग हुँदै आएको भनिन्छ । यस्तो अपुगका लागि बर्सेनि २५ अर्ब बढी विदेसिने गरेको छ । हाम्रा मागअनुसार ६ अर्ब बढी बराबरको चामल उत्पादनमा पर्याप्तताको अवस्थामा पुग्न हामी आपंैm सक्षम छौं तर चाहेको जस्तो हुन सकिरहेको छैन । कर्णालीमा २०७३–७४ मा ४० वर्ष यताकै बढी खडेरी परेकाले खाद्यान्न उत्पादन न्युन भएको थियो ।
नेपालमा करिब ४१ लाख हेक्टर कृषियोग्य क्षेत्र रहेको छ भनिन्छ । तर, अधिकांश करिब ५५ प्रतिशत कृषियोग्य जमिन बाँझो छ पनि भनिएको छ । बाँझो जमिनमा गुणस्तरीय आयात गर्ने गरेको जस्तो चामल उत्पादन गर्न सके चामलको आयात प्रतिस्थापन हुने थियो । धानखेतीका लागि अनुदान, सहुलियत ऋण, बिमा, यान्त्रीकरण आवश्यक छ । सरकारले बर्सेनि बजेट बढाउँदै ल्याएको भए पनि किसानअनुरुप छैन भन्ने गरिएको छ । अघिल्लो वर्ष ल्याएको कार्यक्रम पछिल्ला वर्षमा नियमित गरिँदैन । सरकारी बजेटमा वास्तविक किसानले नभई कृषि माफियाको मात्र पहुँच भएको बताइँदै आएको देखिन्छ । सरकारले कुनै वर्ष दिइने भनिएको ऋणसमेत सहजरूपमा उपलब्ध गराउन नसकेकाले किसानले साहुमहाजनसँग महँगोमा ऋण लिने गरेको देखिन्छ ।
नेपालमा धानखेती भएका मुख्य तराई तथा पहाडी जिल्ला जिल्लामा स्याङ्जा, मकवानपुर, रुपन्देही, पर्सा, चितवन, कपिलवस्तु, झापा, मोरङ, सप्तरी, सिरहा, सुनसरी, बाँके, ताप्लेजुङ, सोलुखुम्बु, सखुवासभा, पाँचथर, इलाम, भोजपुर, धनकुटा, कैलाली, कञ्चनपुरलगायत अरू जिल्लाहरू पर्दछन् । कुनै वर्ष समयमा वर्षा हुने र कुनै वर्ष समयमा वर्षा हुने गरेको देखिन्छ । कृषकहरू समयमा वर्षा भएको वर्ष राम्रो हुने आशामा धमाधम रोपाईँ गरिरहेका हुन्छन् । कुनै वर्ष बेलैमा पानी पर्न गएमा त्यस वर्ष रोपाइँको चटारो पर्ने गरेको हुन्छ । रासायनिक मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेडमा रोपाइँका बेला आवश्यक डिपीए मल अभाव हुँदै आएको देखिन्छ । साल्ट ट्रेडिङसँग मल भए पनि सोझै किसानलाई बिक्री गर्ने अनुमति छैन । सहकारीमार्फत मल बिक्री गर्दा कृषकले बढी मूल्य तिर्नुपर्ने भएको बताइन्छ । कतिपय सहकारीले कालोबजारीसमेत गरिरहेका हुन्छन् ।
धान राम्रै फल्ने जिल्लामा खेत जोताइ, बिउ, मल मजदुर गरेर धानखेती गर्न प्रतिकठ्ठा २ हजार २ सय लगानी गरेपछि धेरैमा २५ सयसम्मको २ देखि अढाइ मन धान फल्ने गरेको छ ।
जनसंख्याको बढ्दो चापका कारण नेपालले सन् २०३० सम्ममा धानको उत्पादन १६ प्रतिशतसम्म वृद्धि गर्ने भएकाले पछिल्लो समय वृद्धि भएको जनसंख्याको दरअनुसार चामलको माग ६ सय ५० मेट्रिक टन हुने भन्दै उतm अवधिसम्म नेपालमा हालका वर्षमा भइरहेको धान उत्पादनलाई १६ प्रतिशत बढाउनुपर्ने सरकारी आकँडा रहेको छ ।
नेपालमा प्रतिहेक्टर ३७५ प्रतिशतका दरले धानको उत्पादन हुँदै आएको छ । नेपालको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान उत्पादनले अर्थतन्त्रलाई नै प्रभाव पार्ने देखिएका बेला धानको उत्पादनलाई ४० प्रतिशतसम्म पु¥याउन सके नेपालले चामल निर्यात पुनः गर्न सक्नेसमेत भनिएको छ । कुल गार्हस्थ उत्पादनमा ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्नमा ५५ प्रतिशत धानबालीको योगदान रहेको छ । हरेक वर्ष ११ प्रतिशतले धान उत्पादन वृद्धि हुँदा नेपालको गार्हस्थ उत्पादन १ प्रतिशतले बढ्ने गरेको देखिन्छ ।
हरेक आर्थिक वर्ष बजेटमा सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखे पनि व्यवहारमा नीतिगत स्पष्टता कायम गर्न नसक्दा कृषकका समस्या घटेको देखिँदैन
सरकारले हरेक वर्ष कार्यक्रममा नै धानको समर्थन मूल्य निर्धारण गर्ने नीति अघि सारिरहेको थियो । तर, सरकारले धानको समर्थन मूल्य निर्धारण गर्न नसकेपछि नेपालका सीमा क्षेत्रमा भएका धान सीमापारी भारतीय व्यापारीले खरिद गरी सहजै लग्ने गरेका छन् ।
हरेक वर्ष देशभरका १५ लाख हेक्टर जमिनमा करिब ५० लाख टन धान उत्पादन हुँदै आएको छ । खडेरी तथा प्राकृतिक प्रकोप, मल–बिउको अभाव, सिँचाइको समस्यालगायत कारणले उत्पादनमा घटीबढी हुने गरेको छ । तैपनि, समयको गतिअनुसार विभिन्न जिल्लामा कृषि परियोजना लागू हँुदै आएपछि कृषिमा आधुनिकीकरण र यान्त्रीकरण हुँदै आएकाले कृषि उत्पादन बढ्दै आउनुपर्ने थियो । सिँचाइको भरपर्दो व्यवस्था र पर्याप्त वर्षा नहँुदा हरेक वर्ष खेती हुने जिल्लामा अधिकांश स्थानको धान रोपाइँ प्रभावित हुँदै आएको छ ।
जिल्लामा सिँचाइ सुविधा पुगेको ४० हजार र वर्षाको भरमा रोपाइँ हुँदै आएको ३० हजार गरी कुल ७० हजार हेक्टर खेतीयोग्य जमिन छ । एक जिल्लामा खेत जोत्ने उपकरणको माग र आकर्षण बढ्दै गएको र हरेक वर्ष एक जिल्लामा अन्दाजी १ सयभन्दा बढी जोत्ने उपकरण बिक्री हुने गरेको देखिन्छ ।
नेपालको औद्योगिक क्षेत्रको वृद्धिदर चार प्रतिशतभन्दा कम भएको अवस्थामा सरकारलाई समग्र आर्थिक वृद्धिदर हासिल गर्न मौसमको भर पर्दै आएको विगतले देखाउँछ । हालका वर्ष कृषि क्षेत्रको जीडीपीमा योगदान २५ प्रतिशत रहेको छ । जब कि यो केही दशक अगाडि ७० प्रतिशत जति थियो । केही दशक अगाडि विश्वका केही देशमा धान नेपालले निकासी गरेको थियो । तर, ‘मेरा बाँजेको हातमा घिउ छ सुङ सुङ’ भने जस्तो भएको छ ।
धानको उत्पादन बढ्नुमा धान बालीमा विभिन्न समयमा पर्याप्त वर्षा हुनु, रसायन मलको आपूर्ति बढ्नु, प्राकृतिक प्रकोप नहुनु, रोपाइँ क्षेत्रफल बढी हुनु, वर्णशंकर जातका धानको क्षेत्रफल बढ्नु र कृषि आधुनिक परियोजना ७ वटा र ३ सुपर जोनबाट बृहत् रूपमा कार्यक्रम सञ्चालन हुनुलाई मानिन्छ ।
नेपालको कृषि क्षेत्रको दीर्घकालीन विकासका ठूला योजनाहरू दीर्घकालीन कृषि योजना सन् १९९५–२०१५ र २०१५–२०३५ को कृषि विकास रणनीतिले धानखेतीलाई महत्व नदिनु भनेको विगत र पछिका ४० वर्षको लागि धानको विकास नगर्नु नै हो । नेपालको कृषि क्षेत्रको विकासका लागि बनेको राष्ट्रिय कृषि नीति २०६१ ले नै धानखेतीलाई विशेष महत्व दिएको थिएन । हरेक आर्थिक वर्षको बजेटमा सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखे पनि व्यवहारमा नीतिगत स्पष्टता कायम गर्न नसक्दा कृषकका समस्या घटेको देखिँदैन ।






